निरन्तरको समाजसेवा नै मेरो जित्ने आधार : हसिना शाक्य

समाजसेवा गर्ने क्रममा राजनीतिमा प्रवेश गरेकी हसिना शाक्य विगतदेखि नै विभिन्न संघसंस्थामार्फत समाजसेवामा सक्रिय रहँदै आएकी छन् । समाजसेवाका क्रममा ललितपुर क्षेत्र नम्बर २ मा जनताको घरवस्तीमा पुगेर हिजोका दिनमा आफुले गरेको जनसेवाका कारण यस क्षेत्रका जनताले आफुलाई जिताएर न्याय दिनेमा उनी विश्वस्त छन् ।

ललितपुरमा बौद्धविहार संघ, महिला संघको नेतृत्वमा रहेर काम गरिसकेकी उनी ब्लड डोनर एसोसियसनको केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज, नेपाल आखादान समाजको सामुदायिक परिचालिका भएरसमेत ललितपुरका जनताका सेवामा सक्रिय रहँदै आएकी छन् । समाजसेवाका साथै राजनीतिमा प्रवेश गरेकी उनी २०६४ सालमा माओवादी शान्तिपूर्ण धारमा आएपछि माओवादीबाट राजनीतिमा प्रवेश गरेकी हुन् । तर, माओवादीले आफ्नो एजेन्डालाई बिर्सिएको भन्दै उनले एक वर्षअघि माओवादी परित्याग गर्दै राप्रपामा प्रवेश गरिन् । विशेष गरी राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएर आएपछि लिङ्देनले समातेको राष्ट्रवाद, इमानदारिता र सुशासनका कारण राप्रपामा प्रवेश गरेको उनको भनाइ छ । हाल राप्रपाबाट प्रदेशसभाको टिकटसमेत पाउन सफल शाक्यसँग राजधानीले गरेको संक्षिप्त कुराकानी )

० तपाई निर्वाचन जित्ने विश्वासमा हुनुहुन्छ, केके छन् तपाईंका एजेन्डा ?
– म वर्षांदेखि ललितपुरका विभिन्न गाउँवस्तीमा गएर समाजेवामा सक्रिय रहँदै आएको छु । विशेषगरी ललितपुर क्षेत्र नम्बर २ का जनतासँग मेरो भावनात्मक सम्बन्ध छ । समाजसेवामा मार्फत मैले यहाँका जनताको सुखदुखमा साथ दिँदै आएको छु । अहिले निर्वाचनमा टिकट पाएपछि म ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ क्षेत्रको शिक्षा, स्वास्थ्यको सुधार, सांस्कृतिक सम्पदाको संरक्षण, हस्तकला तथा पुराताŒिवक क्षेत्रको विकास, पर्यटकीय क्षेत्रको विकासलाई मुख्य एजेन्डा बनाएकी छु । यसका साथै स्थानीय जततालाई रगतको अभाव हुन नदिन अहोरात्र खट्नेछु भने निःशुल्क रगत वितरण गर्ने व्यवस्था मिलाउनेछु । मंगलबार बजारलगायत ललितपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’को सबै ठाउँमा ढल व्यवस्थापन, भौतिक संरचनाको पुनर्निर्माण, खानेपानीको उचित व्यवस्थापन, ढुंगेधाराको व्यवस्थापन, जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, युवापुस्तालाई विदेश जान नपर्ने गरी रोजगारीको व्यवस्था, महिलाको आयआर्जन र क्षमता अभिवृद्धिमा जोड दिनुका साथै प्रविधि विकासमा समेत मेरो मुख्य ध्यान केन्द्रित हुनेछ ।

० जित्छु भन्ने आत्मविश्वासमा हुनुहुन्छ, के छ जित्ने आधार ?
– म यस क्षेत्रका जनताको सुखदुखको साथीका रूपमा रहँदै आएको छु । कोही बिरामी भयो र रगतको अभाव भयो भने तत्काल रगतको व्यवस्थापन गर्दै आएको छु । यहाँको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधानका लागि पहिलादेखि नै पहल गर्दै आइरहेको छु । अहिले जनताको घरदैलोमा जाँदा पनि मलाई सबैले मेरो योगदान सम्झँदै भोट दिने वाचा गरिरहनुभएको छ । जनताले यसअघि जिताएर पठाएकाले केही गरेनन् अब तपाईंको पालो भनेर भनिरहनुभएको छ । फेरि अहिले हाम्रो पार्टी राप्रपा र यसका अध्यक्षज्यूले लिनुभएको राष्ट्रियता, विकास र सुशासनप्रतिको स्पष्ट मार्गचित्र तथा राप्रपाप्रतिको बढ्दो आकर्षणका कारण पनि यस क्षेत्रमा मलाई चुनाव जित्न सहज भएको छ । अन्य दलप्रति वितृष्ण छ र राप्रपालाई एकपटक अवसर दिनुपर्छ भन्ने आममतदाताको भनाइ रहेको छ । यी कारण र मैले हिजोका दिनमा यस क्षेत्रमा गरेको समाजसेवाका कारण पनि यहाँका मतदाताले मलाई माया विश्वासका साथ अमूल्य मत दिनुहुन्छ र मैले जित्नेछु भन्नेमा ढुक्क छु ।

० जनताले जिताएको खण्डमा केके गर्नुहुन्छ ?
– मैले माथि नै भनिसकें मेरो मुख्य प्राथमिकताका रूपमा रहेको यस क्षेत्रका बासिन्दाको स्वास्थ्य, शिक्षामा आमूल सुधार गर्नेगरी अघि बढ्छु । अहिले नागरिकलाई स्वास्थ्य र शिक्षा निकै महँगो भइरहेको छ । म स्वास्थ्य र शिक्षालाई सुलभ र प्रभावकारी बनाएर यस क्षेत्रका जनताले स्वास्थ्य र शिक्षामा भोग्नुपरेको समस्या समाधान गर्नेगरी अघि बढ्छु । त्यसैगरी मैले जितेर आएँ भने यस क्षेत्रमा जनताले कुनै पनि बेला रगतको अभाव महसुस गर्नुपर्दैन । रगतको अभाव कसैले पनि बेहोर्नुपर्ने छैन । त्यसैगरी युवापुस्तालाई उचित रोजगारीको व्यवस्था गरिनेछ । महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम तथा कार्यक्रमको व्यवस्था गर्नेछु ।

ललितपुरमा हस्तकला प्रवद्र्धनमा विशेष जोड दिन्छु भने सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन विशेष प्राथमिकतामा पर्नेछ । यसैगरी यस क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास र विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न विशेष कार्यक्रम ल्याउने योजना बनाउनेछु । यसैगरी, नेवारी भाषाको प्रवद्र्धन तथा अन्य सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गरी ललितपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’लाई नमुनायोग्य बनाउन हरपल खट्नेछु ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै