नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ ।

धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब एक वर्ष बाँकी रहेकाले यस अवधिमा बाँकी ५६ प्रतिशत काम सम्पन्न गर्न कठिन देखिएको हो ।

आयोजनाको औपचारिक निर्माण २८ कात्तिक २०७६ देखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्नेगरी सम्झौता भएको थियो ।

कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको छ । कोभिडपछि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो । आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको छ । म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ ।

आयोजनाले नै तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिन रहेको जनाएको छ । यद्यपि, आयोजनाले सुरुङ निर्माण आगामी असारसम्म सक्ने तयारी भइरहेको जनाएको छ ।

सुरु निर्माणमा पनि भौगर्भिक समस्या देखिएका कारण सोचेअनुसार काम हुन नसकेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार मुआब्जालगायतका समस्याका कारण पनि निर्माणको काम प्रभावित बन्न पुगेको हो । करिब दुई रोपनी जग्गाको क्षतिपूर्ति दिए पुग्ने ठाउँमा २२ रोपनीभन्दा बढी जग्गाको क्षतिपूर्ति माग गर्दै स्थानीयले त्यहाँ निर्माण काम गर्न नदिएपछि त्यसले समस्या पैदा गरेको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर लामो छ । हाल यस सुरुङको पूर्व (काठमाडौं) तर्फ ७८३ लशमलव ४० मिटर र पश्चिम (नागढुंगा)तर्फबाट ८१० दशमलव ४० मिटर गरेर जम्मा १ हजार ५९३ दशमलव ८० मिटर खनिसकिएको छ । सुरुङको मात्र भौतिक प्रगति ६५ दशमलव ३० प्रतिशत भएको छ ।

त्यस्तै, ‘इभ्याकुएसन’ सुरुङको कुल लम्बाइ २ हजार ५ सय ५७ मिटर छ । यसको १ हजार ७ सय ९९ दशमलव ४० मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट ९ सय ६६ दशमलव ९० मिटर र पश्चिमबाट ८ सय ३२ दशमलव ५० मिटर सुरुङ खनिएको छ ।

तीनवटा अन्डरपास निर्माण गर्नुपर्नेमा दुईवटा पूरा भइसकेको आयोजनाले बताएको छ । त्यस्तै बक्स कलभर्ट चारवटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीनवटै पुल निर्माण सकिएका छन् फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ८५ प्रतिशत काम सकिएको उल्लेख छ ।

आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !