कालिकोट । भोटेकोशीमा आएको बाढीका कारण रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा नरहरीनाथ गाउँपालिका–१ सोतरगाउँका अनिपाल विष्ट र धिरेन्द विष्ट रहेका छन् भने खाँडाचक्र नगरपालिका ९ माइतिघर भइ खाडाचक्र नगरपालिका वडा नं ५निवासी रसुवा टिमुरे स्वास्थ्य चौकिमा कार्यरत अनमी सरिता मल्ल, उनका ३ महिनाका छोरा काव्यांश शाही र उनकी नन्द दुर्गा शाही र पलाता गाउँपालिकाका लक्ष्मण परियार रहेको प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराइले जनाकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टराइका अनुसार बेपत्ता परिवारको जानकारी अनुसार मौखिक खबर प्राप्त भएको उल्लेख गर्दै यकिन बुझ्ने क्रममा रहेको जानकारी दिए ।
रसुवाका प्रहरी प्रशासन र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र कम्पनी संग खोज उद्धारको लागी पहल गरिरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण
जाजरकोटमा बाढीले घर र पुल बगायो
जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
मन्त्री छनोटमा कुरा नमिल्दा कर्णालीमा शपथ कार्यक्रम स्थगित
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
बाढिले बगाउँदा बोलेरो चालक बेपत्ता






