सहरी विकासका ‘विवादास्पद’ सचिव किन पुगे देउखुरी ?

काठमाडाैं । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले निर्वाचन आचार संहिताविपरीत निर्वाचनमा मन्त्रीलाई सहयोग गरेको पाइएपछि विवादमा परेका छन् ।

सचिव सिंह बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरी उम्मेदवार रहेको दाङ देउखुरीको निर्वाचन क्षेत्र नं १ मा पुगेका थिए । सुटकेससहित पुगेका सचिव सिंहको गतिविधि शंकास्पद देखिएको र मन्त्री चौधरीलाई आर्थिक सहयोग गर्न आएको भन्दै स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेका थिए । स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेपछि सचिव सिंहलाई सुरक्षा दिनुपरेको थियो । आचार संहिताविपरीत मन्त्री चौधरीको निर्वाचन क्षेत्रमा पुगेर शंकास्पद कार्य गरेको भन्दै निर्वाचन आयोगले सचिव सिंहसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

सिंह निजामती क्षेत्रमा विवादास्पद र भ्रष्ट सचिवका रूपमा चिनिन्छन् । उनीमाथि विभिन्न आयोजना र परियोजनाका नाममा करोडांै रुपिया असुल गरेको आरोप छ । उनले मन्त्रालय मातहतका विभिन्न निकायका इन्जिनियर तथा उच्च पदस्थसँग सहरी विकासमन्त्री चौधरीलाई निर्वाचनका लागि पैसा आवश्यक पर्ने भन्दै लाखांै रुपियाँ उठाएको मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार त्यसरी उठाएको पैसा लिएर सचिव सिंह मन्त्री चौधरीलाई भेट्न दाङ पुगेका हुन् । पैसा उठाउन सचिव सिंह माहिर मानिन्छन् ।

उनले कर्मचारी सरुवामा समेत घुस खाएको भन्दै केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको थियो । प्रधानमन्त्री कार्यालयले त्यति बेला उनलाई स्पष्टीकरण सोधेको थियो । सचिव सिंहले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

सचिव सिंह आचार संहिताविपरीत काठमाडौंबाट मन्त्री भेट्न गएको भन्दै निर्वाचन आयोगले सचिव सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो । मतदाता प्रभावित गर्नेगरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचना आएपछि आयोगले शुक्रबार सिंहलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचार संहिता, २०७९ को दफा ७ को खण्ड ९(क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

त्यस्तै, सोही दफाको खण्ड ९(ख) अनुसार निजहरूले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था छ । आयोगले सोही व्यवस्थाबमोजिम सिंहलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

तपाईं के–कति कारणले दाङ जिल्लामा जानुभएको हो ? तपाईं नेपाल सरकारको सचिव रहेको व्यक्ति नियमानुसार बिदा वा काज स्वीकृत गरी दाङ जानुभएको हो, होइन ? तपाईंले दाङ जिल्लामा गई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको छैन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले मतदातालाई प्रभावित गर्ने कार्य गरेको हो भने उक्त कार्य निर्वाचन आचार संहिता, २०७९ को प्रतिकूल हुने र यदि तपाईं नियमानुसार बिदा वा काज स्वीकृत नगराई दाङ जानुभएको हो भने प्रचलित निजामती सेवासम्बन्धी कानुन प्रतिकूल हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा ९३० र ऐ ऐनको दफा ४४ बमोजिम कारबाही हुनु नपर्ने कारण के छ ? आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

‘यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुनेगरी लिखित स्पष्टीकरण पेस गर्नुहोला,’ आयोगले लेखेको पत्रमा भनिएको छ ।

आयोगले यस’bout मुख्य सचिवलाई समेत पत्र लेख्दै सहरी विकासमन्त्रीको दाङ भ्रमण’bout जानकारी गराउन भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला