नर्भिक अस्पतालले भन्यो- कोरोना भाइरसका बिरामी फेला परेका छैनन्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस (कोभिड–१९) का बिरामी फेला नपरेको जनाएको छ ।

शनिबार बिहानैदेखि विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोरोना भाइरसका बिरामी भेटिएको भन्ने हल्ला फैलिएपछि अस्पतालले सो समाचार झूटा भएको स्पष्टिकरण दिएको हो ।

सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको भन्दै नर्भिक अस्पतालले अहिलेसम्म कोरोनाका बिरामी फेला नपरेको स्पष्ट पारेको हो ।

‘शनिबार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

‘हालसम्म नर्भिकमा कोभिड-१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्ता समाचारमा कुनै सत्यता नभएको र त्यस्ता भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्न समेत अस्पतालले माग गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३