कोरोनाबाट नागरिकलाई बचाउन जनकपुरमा महामृत्युन्जय जाप

जनकपुरधाम । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरसबाट सबै नागरिकलाई बचाउन जनकपुरधाममा ५ दिने महामृत्युन्जय जाप शुरु गरिएको छ । जनकपुरधामस्थित राम मन्दिरको आयोजनामा कोरानाबाट बच्न र कोराना संक्रमण भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ५ दिने महामृत्युन्जय जापको आयोजना गरिएको हो ।

हाम्रो देश पनि यस भाइरसको उच्च जोखिममा रहेकाले यसबाट बच्न महामृत्युन्जय जाप आयोजन गरिएको राम मन्दिरका महन्थ राम गिरीले बताए । महामृत्युन्जय जापमा सहभागीहरुले भगवान शिवको आराधना गर्दै कोरोना भाइरसबाट सबैलाइ बचाउ, कोरोनाले जीवन र मृत्युबीच संघर्षरत रहेका व्यक्तिहरु तत्काल निको होस्, नेपालमा यस्ता महामारिलाई आउनबाट रोक प्रभुलगायतका प्रार्थना गरिरहेका छन् ।

महामृत्युंजयको जापको महत्व
असाध्य रोगबाट मुक्ति र अकाल मृत्युवाट जोगिनका लागि महामृत्युंजय जाप गरिने शास्त्र र पुराणमा उल्लेख रहेको छ । महामृत्युंजयको जापले भगवान शिव प्रसन्न हुने गरेको मान्यता रहेको धार्मिक जानकारहरु बताउँछन् । यसको प्रभावले मानिस मृत्युको मुखबाट जाँदा जाँदै बचने गरेको जनकपुरधामका धार्मिक जानकार पण्डित विद्यानन्द झाले बताए । मरणासन्न रोगी पनि महाकाल शिवको अद्भुत कृपाले जीवन पाउने गरेको उनले बताए ।

बिमारी, दुर्घटना, अनिष्ट ग्रहहरुको प्रभाववाट दूर गर्न, मृत्युवाट वचाउन तथा आयु बढ़ाउनका लागि सवा लाख महामृत्युंजय मन्त्र जाप गर्ने विद्यान रहेको सांस्कृतिविद् चन्द्रमोहन झा पड़वाले वताए । आफूले जाप नगर्दा वा जापमा कुनै समस्या हुँदा मन्त्रको जाप कुनै योग्य पण्डितद्वारा गराउने परम्परा रहेको छ । समुद्र मन्थनको बहुप्रचलित आख्यान देवासुर संग्रामको समयमा शुक्राचार्यले आफनो यज्ञशालामा यही महामृत्युंजयको अनुष्ठानको उपयोग देवताहरुद्वारा मारिएका राक्षसहरु जीवित गर्न गरेका थिए । यसकारण यसलाई यसलाई मृत संजीवनीको नाउँले पनि जानिने गरिएको छ । महामत्युंजय मन्त्र यसप्रकार रहेको छ :

ऊं त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम् ।
उर्वारुकमिव बंधनान्मुत्योमृर्क्षीय माअमृतात् ।।
पद्मपुराणमा पनि महर्षी मार्कण्डेयले महामृत्युंजय मन्त्र एवं स्त्रोतको वर्णन गरेका छन । यही मन्त्रको जापबाट छोराले उनले बचाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम