महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार तारा लामा तामाङ्गले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी तथा गठबन्धनकी साझा उम्मेदवार बिना मगरलाई पछि पारेका छन् ।
एमालेका उम्मेदवार तामाङ्ग १ हजार ९ सय ७९ मतले अग्रता लिएका छन् । ६ हजार ४ सय आठ मतगणना हुँदा एमालेका उम्मेदवार लामाले ३ हजार सात सय तीन मतका साथ अग्रता रहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।
माओवादी केन्द्र तथा गठबन्धनकि साझा उम्मेदवार मगरले एक हजार सात सय ४४ मत प्राप्त गरेकी छन् । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।
(क) मा एमालेका थापा र (ख) मा कांग्रेसका बिस्ट्को अग्रता कायमै
कञ्चनपुर क्षेत्र नं.१ क मा एमालेका थापा र ख मा कांग्रेसका बिष्टले अग्रता कायमै राखेका छन् । प्रदेश सभा क मा पांच हजार चार सय दुई गत गणना हुदा नेकपा एमालेका वीर बहादुर थापा पातलले दुई हजार सात सय ३७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वन्धु रानाले एक हजार छ सय ७९ मत प्राप्त गरेका छन् ।
प्रदेश ख मा पाँच हजार चार सय ७० मत गणना हुदा नेपाली कांग्रेसका दिवान सिंह बिष्टले एक हजार आठ सय २० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पल्लब राज भट्टले एक हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् ।
आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको मतगणना सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए ।





