दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।
सूर्य थापा अघिअघि दुर्गा पछिपछि
प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् । उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 504 times, 1 visits today)






