बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अन्तिम मतपरिणाममा बागलुङ १ बाट केसी २१ हजार ४५१ मत सहित निर्वाचित भएका हुन् । उनले एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराएका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठकले यसपालि भने १८ हजार ८ सय २५ मत ल्याएर उपविजेतामा सीमित भए ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३ मत पाएका छन् । बागलुङ १ मा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । आइतबारको चुनावमा ५४ हजार ७ सय ११ मत खसेकोमा ५२ हजार ८ सय ७० मत सदर र १ हजार ७ सय १४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा पाँचदलीय गठबन्धनअन्तर्गत जनमोर्चाले बागलुङ १ मात्र सीट पाएको थियो । प्रतिनिधिसभाका लागि गण्डकीबाट १८ सिटमध्ये कांग्रेसले १२, माओवादीले ४ सिट लिंदा जनमोर्चा र एकीकृत समाजवादीले १–१ सिट बाँडेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो