कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’

टीकापुर । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ । सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि ३ (१) मा घनश्याम चौधरी र (२) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् ।

प्रदेश (१) मा चौधरीले गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरालाई पराजित गरेका हुन । विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डंगौराले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । चौधरी दुई हजार ३५१ मतान्तरले विजयी भएका छन् ।

(२) मा विजयी भएका थारुले सात हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गरे । ९२० मतान्तरले थारु विजयी भएका छन् ।

यसैगरी कैलाली क्षेत्र नं. १ प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा लोकतान्त्रिक बामगठबन्धनका भगत बडुवाल, ४ मा नेपाली काँग्रेसका बीरबहादुर बलायर, क्षेत्र नं. ५ मा काँग्रेसका डिल्ली पन्तले अग्रता कायम गरेका छन् ।

डोटीमा ओली र एमालेका मल्ल विजयी
डोटीको निर्वाचन क्षेत्र नम्बर २ बाट शिव सिँह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन् । उनले १४०४७ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई हराएका हुन् । बमले १३१२८ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याए ।

उक्त क्षेत्रमा ३०२३४ मत खसेकोमा २८५०२ मत सदर र १७३२ मत बदर भएका छन् । ओली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव हुन् । यसै गरी डोटी प्रदेशसभा ‘१’मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन् ।

हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन् । प्रदेश ‘१’मा ३३ हजार ३२२ मत खसेको थियो। जसमा १ हजार ९ सय १९ मत बदर भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल