रौतहट-३(क) मा प्रभु साह प्यानलका चौधरी निर्वाचित

गौर। रौतहट क्षेत्र नम्बर-३ (क) बाट स्वतन्त्र उम्मेदवार केशव राय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन् ।

यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाकी पुजा चौधरीले १० हजार १३२ मत हासिल गरेकि छिन् । मधेश प्रदेशको वन राज्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७ हजार ६२२ मतका साथ तेस्रो भएका छन् ।

४४ वर्षीय चौधरी ईन्जिनियर हुन् । उनी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा ३४४ मतको झिनो अन्तरले पराजित भएका थिए । नेकपा एमालेले जसपासंग गठबन्धन गरेपछि तत्कालीन स्थायी कमिटी सदस्यले एमालेको टिकट छाडेर स्वतन्त्र सांसद उम्मेदवारी दिएपछि चौधरीले पनि साहलाई साथ दिदै स्वतन्त्र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी