बिन्दुकुमार थापा फेरि निर्वाचित

पोखरा । गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । कास्की क्षेत्र २ (ख) बाट निर्वाचित उनले एमालेकी मीना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले पराजित गरेका हुन् ।

थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे । कास्की क्षेत्र १ (क) मा भने एमालेक भीमबहादुर कार्की निर्वाचित भएका छन् । क्षेत्र २ कै प्रतिनिधिसभा सदस्यमा एमालेकी विद्या भट्टराई निर्वाचित भइन् ।

२०७४ सालको आमनिर्वाचनमा पनि बिन्दु थापाले कास्कीमा कांग्रेसबाट एकमात्र जित निकालेका हुन् । उनी गण्डकीका संचारमन्त्री समेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो