चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी

काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो