प्रचण्डलाई फकाउदै ओली देउवा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर बधाई दिएका छन् ।

नेकपा विभाजनपछि संवाद विहिन अवस्थामा पुगेका ओली र प्रचण्डविच पहिलो टेलिफोन वाता हो । टेलिफोन संवादमा ओलीले प्रचण्डलाई आगामी दिनमा मिलेर जान आग्रह समेत गरे । ओलीसंग कुराकानी भए लगत्तै देउवाले फोन गरेर औपचारिक बधाई दिए । दुवैले बधाई साटासाट गरे ।

फेरि निर्णायक प्रचण्ड

पछिल्लो मत परिणाम अनुसार माओवादीविना कांग्रेस एमालेको सरकार सम्भव छैन । यदि कांग्रेस र एमाले मिले भने अन्य पार्टीको आवश्यकता पर्दैन । तर, कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना असाध्यै कम छ । आजको टेलिफोन संवादले पनि संकेत गर्छ ‘कांग्रेस वा एमाले माओवादीको सहयोगमा सरकारमा जान्छ ।’ त्यो अवस्थामा प्रचण्डनै निर्णायक हुनेछन् ।

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी महासचिव देव गुरुङलगायतले वाम एकताको कुरा उठाएकाले फेरि वाम एकता हुने कुरालाई नकार्न सकिँदैन । बिहीबार साँझसम्म सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षमा ३२ ठाउँमा जितेको छ भने २१ स्थानमा अग्रता हाँसिल गरेको छ । त्यस्तै एमालेले २० ठाउँमा जितेको छ भने २७ ठाउँमा अग्रता हाँसिल गरेको छ । माओवादी केन्द्रले ९ ठाउँ जितेको छ भने ८ स्थानमा अग्रता हाँसिल गरेको छ ।

त्यस्तै समानुपातिक तर्फ एमालेले ६ लाख ३७ हजार मत पाएको छ भने कांग्रेसले ५ लाख ७२ हजार मत पाएको छ । माओवादी केन्द्रले २ लाख ७८ हजार मत पाउदा स्वतन्त्र पार्टीले ३ लाख ९० हजार मत पाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 607 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने