रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह चौथो पटक निर्वाचित


रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उमेदवार प्रभु साह बिजयी भएका छन् । साह ३२ हजार ४ सय ३७ मत ल्याइ बिजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्दी स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवालले २५ हजार २०० मत ल्याएका थिए ।

उनले ७ हजार २३७ मतको अन्तरले साहले जितेका छन् । उमेदवारी दिने अन्तिम समयमा नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उमेदवारी दर्ता गराएका साहको यो प्रतिनिधि सभामा चौथो पटकको बिजयी हो । २०६४,२०७०,२०७४ र २०७९ गरी यो क्षेत्रबाट साहले ४ पटक लगातार चुनाब जितिरहेका छन् ।

अहिले उनलाइ सत्तागठबन्धनले समर्थन गरेको भएतापनि जिल्ला स्तरका नेताहरु साहको प्रतिद्धन्दी जयसवाललाइ साथ दिएका थिए । प्रभु साहकै प्यानलबाट सोही क्षेत्रको क मा स्वतन्त्र उमेदवार केशब राय थारुले चुनाब जितेका छन भने ख मा साह प्यानलका कुन्दन कुशवाहलाइ हराएर नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति जितेन्द्र यादबले जितेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 19 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९