कास्की-३(२) बाट कांग्रेसका बराल निर्वाचित

पोखरा । कास्की क्षेत्र ३ (३) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् । उनले एमालेका प्रभावशाली युवा नेता राजीव पहारीलाई मात्र ४ सय ६५ मतअन्तरले पराजित गरेका हुन् ।

पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बरालले १२ हजार ३ सय ६७ र पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरेका हुन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरेका छन् । चुनावमा यो क्षेत्रबाट ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचित प्रकाश बराल पोखरा २२, पुम्दीभुम्दी निवासी हुन् । उनले त्यहाँ पहारीसँग फराकिलो मतान्तर कायम गर्दै जीत आफ्नो पक्षमा पारेका हुन् । जिल्ला खेलकुद विकास समितिको कार्यालय सचिवबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका थिए । यो क्षेत्रबाट यसअघि राजीव पहारी निर्वाचित हुँदै सांसद बनेका थिए । पोखराको लेकसाइड निवासी उनी युवा संघका पूर्व अध्यक्ष समेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु