पाँचथर । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट नेकपा एमालेका वशन्त कुमार नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेम्बाङले लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार, नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजीत गरेका हुन् । नेम्बाङले ३२ हजार ११० मत पाउँदा आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरे । नेम्बाङ यसअघि २०४८, २०५६ र २०७४ मा पाँचथरबाट निर्वाचित भएका थिए ।
८ चैत २०१८ मा फिदिममा जन्मिएका नेम्बाङले २०३६ मा नेपाल ल क्याम्पसमा अध्ययनरत रहँदा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी लोकतान्त्रिक–बाम गठबन्धनको सरकार बन्नुपूर्ण केपी शर्मा ओली नेतृत्वको सरकारमा करीब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)





