सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

काठमाडौं । कुनै पनि दल तथा गठबन्धनले बहुमत नल्याउने स्पष्ट भएपछि आगामी नयाँ सरकार गठनमा अत्यधिक सकस पर्ने देखिएको छ ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगिरहँदा सरकार गठनमा पनि अन्योलता र सकस देखिएको हो । कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनाएर गएको सत्तारूढ गठबन्धनले अपेक्षित परिणाम निकाल्न नसकेपछि उसको गठबन्धन रहने वा नरहने भन्नेमा पनि संशय उत्पन्न भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक मतको हालसम्मको विश्लेषण गर्दा सत्ताधारी गठबन्धन र एमाले गठबन्धन कसैको पनि स्पष्ट बहुमत नआउने निश्चितजस्तै देखिएको छ । त्यसैले सत्तागठबन्धनले सरकार बनाउन अन्य केही साना दलको पनि सहयोग लिनुपर्ने देखिन्छ । उता एमालेले पनि सरकार बनाउने अवस्था आएमा अन्य केही दलको सहयोग आवश्यक देखिन्छ ।

सत्तागठबन्धनले बहुमत नल्याउने अवस्था देखिए पनि सत्तारूढ गठबन्धनभित्र भने सात जनाले प्रधानमन्त्री बन्न रुचि देखाएका छन् । उता एमाले गठबन्धनले सरकार बनाउने अवस्था आए त्यसको नेतृत्व निर्विकल्प रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने बताइन्छ । ओली पनि आन्तरिक रूपमा सरकार गठनको कसरतमा लाग्न थालेको स्रोतको दाबी छ । उनले वामपन्थी सरकार बनाउन पहल थालेको बताइन्छ ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन चाहन्छन् । यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक आपूmलाई अवसर दिनुपर्ने भन्दै प्रधानमन्त्रीको लबिङका लागिरहेका छन् । यस्तै, कांग्र्रेसका अर्का नेता प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा जुटिरहेको बताइन्छ ।

– कांग्रेसमै प्रधानमन्त्रीका पाँच दाबेदार

– एमाले गठबन्धनमा ओली नै निर्विकल्प

– प्रचण्ड र नेपाल पनि आकांक्षी

कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन अगाडि नै आफूले जितेमा कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र अवसर पाए प्रधानमन्त्री हुने घोषणा गरिसकेका छन् । यस्तै, कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला तथा अर्का नेता शेखर कोइराला पनि प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । कांग्रेसमा प्रधानमन्त्री को हुने भन्ने कुराको निक्र्योल सत्तागठबन्धनमा रहेका माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समेत गर्ने भएकाले यसमा कांग्रेसको मात्रै रुचिले काम गर्न नसक्ने देखिएको छ ।

यी दलले प्रधानमन्त्रीका लागि कांग्रेसमा शेरबहादुर देउवाबाहेक अन्य व्यक्तिलाई स्वीकार नगर्ने स्रोतको दाबी छ । प्रचण्ड तथा नेपालका लागि देउवाजस्ता सहज अन्य कांग्रेस नेता नहुने भएकाले पनि उनीहरूको रोजाइ देउवा नै हुन सक्ने देखिन्छ । सत्तागठबन्धका अन्य नेता प्रचण्ड र नेपाल स्वयं पनि प्रधानमन्त्रीको आकांक्षामा रहेको बताइन्छ तर उनीहरूले प्रतिनिधिसभामा ल्याएको सिटका आधारमा प्रधानमन्त्रीमा दाबी गर्ने नैतिक अधिकार नहुने कांग्रेस निकटस्थ स्रोतको भनाइ छ । यद्यपि, निर्वाचनअघि नै गठबन्धनले बहुमत ल्याएमा देउवा र प्रचण्डबीच आधाआधा कार्यकाल प्रधानमन्त्री हुने गोप्य सहमति भएको बताइन्छ । सो सहमति कार्यान्वयनमा ल्याउने विषयमा पनि देउवा र प्रचण्डबीच आन्तरिक छलफल भइरहेको स्रोतको दाबी छ ।

यही निर्वाचनबाट उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आवश्यक परे आपूmहरू सरकारमा जान सक्ने अभिव्यक्ति दिइरहेका छन् । उनको पार्टीले कुन गठबन्धनलाई सहयोग गर्छ भन्ने’bout भने उनले हालसम्म केही मुख खोलेका छैनन् । यद्यपि, लामिछानेले युवा नेतृत्व आउनुपर्नेमा जोड दिँदै आएका छन् । रविको यो जोडले कांग्रेसबाट सरकारको नेतृत्व लिन अघि सरिरहेका महामन्त्री गगन थापालाई सहज हुन सक्ने विश्लेषण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 632 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी