एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु, १ गम्भिर घाईते


उदयपुर । उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएको छ । मदन भण्डारी स्मृति लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका– ९ झिल्के चोकमा एम्बुलेन्सले ठक्कर दिदा ६२ वर्र्षिय तिलकबहादुर दनुवार र १४ वर्षिय रोशन दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।


चुहाडेबाट गाईघाट तर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले त्रियुगा नगरपालिका– ९ झिल्के चोकमा सडक किनारामा बसि रहेको दनुवारत्रयलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करपछि गम्भिर घाईते भएको तिलकबहादुर दनुवारको जिल्ला अस्पताल गाईघाटमा ज्यान गएको थियो भने रोशन दनुवारको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी अर्का घाईते त्रियुगा नगरपालिका– ९ झिल्के चोकका ३२ वर्षिय राजकुमार दनुवारको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।


चुहाडेबाट आएको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले झिल्के चोकमा रोकी राखेको दुई वटा मोटरसाईकललाई समेत ठक्कर दिएको थियो । स ४ प १६६२ र बा १६ प ७९२३ नम्बरको मोटरसाईकल नजिकै उभिर बसेका दनुवारत्रयलाई मोटरसाईकलसँग ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट दुई वटै मोटरसाईकल क्षतबिक्षत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले एम्बुलेन्स चालक त्रियुगा नगरपालिका– ३ का ३० वर्षिय सन्तोष खत्री र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी