लव प्याकुरेल : पर्दामा नदेखिने ‘नायक’

Online Nepali News Portal

काठमाडौं । दुई दशक भयो लव प्याकुरेल डकुमेन्ट्री फिल्म क्षेत्रमा सक्रिय भएको । स्क्रिनमा आफ्नो सम्पादन सीप र कला मार्फत उनले काल्पनिक र गैरकाल्पनिक फिल्ममा उत्कृष्ट नजिता पस्तुत गरेका छन् । आफुलाई सिद्दहस्त सम्पादकको रूपमा उभ्याउन सफल प्याकुरेलले सयभन्दा बढी वृत्तचित्र, कथानक फिल्म, लघु फिल्म, विज्ञापन फिल्म, टिभी टक शो, टेलिभिजन सिरियल आदिमा काम गरिसकेका छन् । नुवाकोट जिल्लामा जन्मिएका प्याकुरेल डकुमेन्ट्री फिल्म क्षेत्रका परिचित व्यक्ति हुन् ।

सामान्यतया, सम्पादन एक ‘इनडोर’ कार्य हो । फिल्मको पर्दामा सुन्ने र देख्नेको लोकप्रियता ठूलो हुन्छ तर पर्दामा देख्ने र सुन्नेलाई आकार दिने, कला भर्ने र संयोजन गर्नेहरू भने अज्ञात वा अपरिचित जस्तै हुन्छन् । फिल्म वा डकुमेन्ट्रीमा तिनका नाम उल्लेख नहुने त हैन । आम दर्शकले नायक खलनायक जस्तो पर्दा पछाडी नाम हुनेहरुको विषयमा धेरै चासो राख्दैनन् ।

फिल्मका वास्तविक ‘नायक’ पर्दा पछाडिका तिनै पात्र हुन्, जसले फिल्म खिच्छन्, सम्पादन एवं निर्देशन गर्छन् । तिनको सीप, कला र क्षमतानै फिल्मको मूल्य हो । तिनकै सिपका आधारमा फिल्मको स्तर निर्धारण हुन्छ । अझ भनौ कुन फिल्म कति स्तरयि छ भन्नका लागि पर्दापछाडी बस्नेहरुकै भुमिका अहं हुन्छ ।

Lawa Pyakurel With Cinematographer

कुनै पनि श्रव्यदृश्य सामग्रीलाई सफल र लोकप्रिय बनाउन दर्शकलाई आकर्षित गर्नुपर्ने प्याकुरेलको विश्वास छ । प्याकुरेल भन्छन्, ‘नेपाली समाज, संस्कृति र स्थानीय जीवनको कथा बोकेको फिल्मले दर्शकलाई आकर्षित गर्न सजिलो हुन्छ र त्यस्ता फिल्मलाई दर्शकले रुचाएका पनि छन् ।’ उनले २०६२÷६३ मा नुवाकोटको सूर्यमतीका नागरिकले भोगेका मानसिक तथा शारीरिक यातनालाई लिएर वृत्तचित्र ‘पंचायतको घाउ’ बनाएका थिए । जनताको न्याय र अधिकारको वकालत गर्दै यो वृत्तचित्रले नेपाली सामाजिक वृत्तचित्रको इतिहासमा उल्लेखनीय नतिजा दिएको छ । २०३३ सालदेखि न्यायका लागि लडिरहेका जनताले वृत्तचित्रका कारण छिट्टै न्याय पाएका छन् । सोही वृत्तचित्र निर्माणपछि सर्वोच्च अदालतले जनताको खोसिएको जमिन र माटो स्थानीजनताकै भएको फैसला गरेको थियो ।

उनले सम्पादन गरेका दर्जनौं डकुमेन्ट्री फिल्मले राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता र पुरस्कार हात पारेका छन् । ‘झिल्को’बाट सुरू भएको सम्पादन यात्रा आशाको दियो, सपना, प्रायश्चित, वर्गसत्ता, निलो आकाश, बिर्सिइएका महिलाहरू, शेर्पाः सगरमाथाका वास्तविक नायकहरू, मकैको बिहे, हिमालयमा हेलिकप्टर उद्दारकर्ताहरू, सगरमाथाको प्रतिबिम्ब, नीजामतीः अण्डर फायर, अन ब्रोकन होप्स, बीहाइन्ड द हर्ड, राउटेः अन्तिम घुमन्ते जाती, गोरू पर्वमा आइपुग्दा प्याकुरेलले सफलताको शिखर चुम्ने नाम बनाइसकेका छन् ।

प्याकुरेल भन्छन्, ‘लिनियर सिस्टमबाट नन्लिनियर सिष्टम वा डिजिटल प्रविधिमा अइपुग्दा हामीले एउटा अध्याय पार गरिसकेका छौं । अब प्रत्येक प्राविधिक र चलचित्रकर्मीहरूले नयाँ विकसित प्रविधिको प्रयोगलाई महत्व दिनुपर्छ । यो समयको माग हो । विज्ञानप्रविधिको अपटुडेट ज्ञान र सीप उपयोग गर्न सक्षमहरूनै अब सफल हुनेछन् ।’

करियरको शुरुवाती दिनमा निकै संघर्ष र कडा मेहनत गर्नुपरेको अनुभव प्याकुरेलसँग छ । त्यो मेहनत आजका दिनमा बरदान सावित भएको उनी बताउँछन् । उनी भन्छन्, ‘फिल्म निर्माता वा निर्देशकहरू सम्पादकसँग बढी आशावादी हुन्छन् । उनीहरू फिल्मको गुणस्तर आवरण दृश्यमा देख्छन् । वास्तवमा कथाको मूल्य र भावनाबिना फिल्म सफल हुनसक्दैन यसर्थ कथाको गहिराई पत्तालगाउन र सही रूपमा दृश्य संयोजन गर्न निक्कै कठिन हुन्छ ।’ लामो अनुभवले उनलाई सिद्दहस्त बनाएको छ, उनी फिल्मको प्राथमिकता बुझेर काम गर्छन् । प्याकुरेल समकालीन वृत्तचित्र सम्पादकहरूमध्ये महँगा छन् र ‘चुजी’ पनि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित