सिन्धुली अस्पताललाई पिपिइ तथा स्प्रेयर हस्तान्तरण


सिन्धुली । सिन्धुली अस्पताललाई शनिबार आठ सेट कोरोना उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रि (पिपिइ) उपलब्ध गराईएको छ ।
द यशिया फाउडेशनको सहयोग मेलमिलाप स्थानीय सरकार सवलिकरण परियोजना अन्र्तगत माण्डवीले उपलब्ध गराएको हो ।


विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाईरस संक्रमित विरामीहरुको उपचार गर्न अत्यन्तै आवश्यक पर्ने पिपिइ माण्डविका कार्यक्रम संयोजक पार्वती भट्टराईले उपलब्ध गराएकी हुन । उनले अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन ।
उक्त सामग्री पाएसँगै सिन्धुली असपतालमा फिवर क्लिनिक समेत सञ्चालन हुने भएको छ । पिपिई सेट नभएका कारण केहि दिन देखि तयारी अवस्थामा रहेको क्लिनिक सञ्चालन हुन सकेको थिएन ।


यसैविच सहकार्य नेपालले सिन्धुली अस्पताललाई विषादी छर्ने स्प्रे ट्यांकी र कोरोना भाईरस मार्ने विषादी क्लोरिन स्प्रेयर उपलब्ध गराएको छ । सहकार्य नेपालले सम्मान परियोजना अन्तरगत अस्पताललाई कोरोना भाईरस मार्ने विषादी र स्प्रेवितरण गरेको हो । सहकार्य नेपालका उपाध्यक्ष सिरमला तामाङले उक्त सामग्री अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष पोख्रेललाई हस्तान्तरण गरेकी हुन ।


उपचारमा संलग्न चिकित्सकलाई सुरक्षित रुपमा विरामीको उपचार गर्न सहयोग पुग्ने गरि एकै अनुरोधमा सामग्री उपलब्ध गराउने दुवै संस्थालाई अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले धन्यावाद दिए ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स