सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ । ०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

एमालेका कुसियत भने यसअघि प्रदेशसभा सदस्य थिए । उनी शेरधन राई मुख्यमन्त्री रहँदा प्रदेश १ को वन तथा पर्यटनमन्त्री थिए ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री