सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि आकांक्षीको काठमाडौँ दौड


धनगढी । प्रत्यक्षतर्फको बाजुराको मतपरिणाम सार्वजनिक भएसँगै नयाँ गठन हुने सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीका दाबेदार प्रदेश सभा सदस्यहरुको काठमाडौँ दौड सुरु भएको छ ।

प्रदेशमा सबै भन्दा बढी क्षेत्रमा विजयी भएको नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका मुख्यमन्त्रीका आकांक्षी काठमाडौँमा छन् । उनीहरुले दलको नेतासँगै प्रदेशको नेतृत्व दिन केन्द्रीय नेतृत्वसँग आग्रह गरिरहेका हुन् ।

समाजवादीबाट प्रदेश सभामा विजयी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले यतिबेला काठमाडौँमा छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरुलाई भेट्ने कार्यक्रम छ । ‘स्वाभाविक रुपमै मुख्यमन्त्रीको दावेदार हो । शिर्ष नेताहरुले के गर्छन ? कस्तो गठबन्धन हुन्छ ? हामीले यहीँ गठबन्धन अगाडि बढाउन भन्ने हो । शंका उपशंकाका कुराहरु पनि आउँदैछन् । राजनीति कसरी अगाडि बढ्छ ? त्यहीँ अनुरुप निर्णय होला नि,’ मन्त्री सोडारीले भने ।

दलको नेताले प्रदेश सभा तथा प्रदेश सरकारको नेतृत्व गर्ने परिपाटी छ । त्यसैले प्रदेश सभामा विजयी मुख्यमन्त्रीका आकांक्षी नेताहरु काठमाडौँ केन्द्रित भएका हुन् । उनीहरुले दलको नेतासँगै प्रदेश सरकारको नेतृत्व पनि मागिरहेका छन् । सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली काँग्रेसका नेता बहादुर थापा पनि काठमाडौँमा छन्। उनले भने, ‘गठबन्धन छ । नेताहरु बीच छलफल भएको छैन। प्रदेश कसले पाउने भन्ने कुरा हो। दलको नेताका लागि म सिनिय हो ।’

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ । प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । समानुपातिकको मतपरिणाम सार्वजनिक नभएका बेला प्रत्यक्षमा विजयी प्रदेश सभा सदस्यहरुको काठमाडौँ केन्द्रित दौड सुरु गरेका हुन् । उनीहरुले आफ्नो पार्टी तथा गठबन्धनका शिर्ष नेताहरुसँगको भेटघाट बढाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिममा नेपाली काँग्रेस, माओवादी केन्द्र तथा एकिकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने देखिएको हो । माओवादी केन्द्रको दलको नेताका रुपमा देखिएका प्रदेश सभा सदस्य खगराज भट्ट भने काठमाडौँ गएका छैनन् । प्रदेशमा प्रत्यक्षतर्फ १२ सिट जित्दै नेपाली काँग्रेस ठुलो दल बनेको छ । माओवादीका ८, समाजवादीका ३ प्रदेश सभा सदस्य विजयी भएका छन् ।

प्रदेश सभामा निर्वाचित भएका पार्टीका सिनियर नेताहरूले प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने गठबन्धनसँग माग गर्न शिर्ष नेताहरुलाई दबाब दिन थालेका छन । प्रदेशमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

१४ किलो चरेशसहित चार जना पक्राउ, मुख्य ‘मालिक’ भने अझै फरार