Friday, July 23, 2021
HomeBreaking Newsकोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

,

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराउनुभएको छ ।

सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । मुख्यमन्त्री केजरीवालले भिडियोमार्फत् सार्वजनिक सन्देशमा भन्नुभयो, “हामीले कुनै ठाउमा भेला हुने व्यक्तिको सङ्ख्यामाथि पुनरावलोकन गर्दै नयाँ निर्णय सार्वजनिक गरेका छौँ । अबदेखि अर्को निर्णय नहुँदासम्म राजधानी दिल्लीमा पाँच व्यक्तिभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनमा धेरै व्यक्ति भेला हुनुलाई मनाही गरिएको छ ।”

यदि पाँचजना भन्दा बढी व्यक्ति भेला हुनु नै परेमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरीलाई एक मिटरभन्दा बढी फरक गर्न पनि सन्देशमा आग्रह गरिएको छ । दिल्ली राज्य सरकारले यसअघि केही दिन पहिले २० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन निषेध गरेको सूचना जारी गरेको थियो । मुख्यमन्त्री केजरीवालले भन्नुभयो,“दिल्लीमा गुड्ने ५० प्रतिशतभन्दा बढी दिल्ली यातायात कर्पोरेसनका सार्वजनिक सवारीसाधनहरू भने आइतबार ‘जनता कफ्र्यू’ मा सञ्चालन गरिनेछ ।” कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन दिल्लीमा गुड्ने छैनन् ।

यसअघि बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ देखि बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म ‘जनता कफ्र्यू’ (घर बाहिर ननिस्कन) आग्रह गर्नुभएको थियो । अति आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको थियो ।

Loading comments...

आजको समाचार

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

साताका लोकप्रिय समाचार

११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च, विकास बजेट २ खर्ब २८ अर्ब मात्रै

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ को बजेटमा राखिएको अधिकांश लक्ष्य भेट्टाउन नसकेको सरकारले एक वर्षमा जम्मा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट...

क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।...

एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने

  काठमाडाैं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका सन्दर्भमा लिएर जनतामा जाने...

देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएको छ । पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने...

ट्रेन्डिङ

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

नेकपाका दुवै अध्यक्षलाई फेरि निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र नमिलेको भन्दै दुवै अध्यक्षलाई पुनः सात दिनभित्र पत्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?