काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) नभर्ने र त्यससम्बन्धी प्रावधान पालना नगर्ने ग्राहकसँग ‘व्यावसायिक सम्बन्ध अन्त्य गरी कारोबार बन्द गर्न’ निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशनमा ‘प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिका हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ’ भनिएको छ ।
‘कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागेमा त्यस्तो ग्राहक पहिचान प्रक्रिया अगाडि बढाउँदा, शंका गर्दा ग्राहकले जानकारी पाउने देखिएमा प्रमाणबिनै वित्तीय जानकारी इकाइमा उजुरी गर्नुपर्ने’ व्यवस्था पनि राष्ट्र बैंकले जारी गरेको छ ।
कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागी त्यस्तो ग्राहक पहिचान प्रक्रिया अगाडि बढाउँदा शंका गरेको विषय उसले आभास हुने देखिएमा संस्थाले पहिचान प्रक्रिया अगाडि नबढाई ‘शंकास्पद कारोबार÷गतिविधि प्रतिवेदन बैंक तथा वित्तीय संस्थाले यस निर्देशन’अन्तर्गत तर्जुमा गरिएको नीति तथा कार्यविधिमा ‘आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा छुट्टै प्रावधान राख्नुपर्ने’ भएको छ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को परिच्छेद ६ ‘ख’मा उल्लेखित व्यवस्था पालना हुनेगरी आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्न कार्यप्रणाली अवलम्बन गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।
यसैगरी, आमविनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा छुट्टै प्रावधान राख्नुपर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा उल्लेखित ‘व्यवस्था पालना हुनेगरी आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्न कार्यप्रणाली अवलम्बन गर्नुपर्ने’ व्यवस्था पनि निर्देशनमा छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
निर्देशनअनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने भएको छ । यसअघि यस्तो व्यवस्था केन्द्रीय बैंकले ‘बाध्यात्मक’ बनाएको थिएन ।
शंकास्पद कारोबार पहिचान, प्रतिवेदनलगायत व्यवस्था अवलम्बन गर्दा जोखिम मूल्यांकन, ग्राहक पहिचान, कारोबार र जोखिममा आधारित प्रणालीका आधारमा गर्नुपर्ने पनि उल्लेख छ ।
शंकास्पद कारोबारलाई बैंक तथा वित्तीय संस्थाले प्रारम्भिक विश्लेषण गरी उच्चपदस्थ व्यक्ति संलग्न रहेको भए एसटीआरपीईपी, आयात तथा निर्यात व्यापारका माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित भए ‘एसटीआरटीबीएमएल तथा अन्य एसटीआरका सम्बन्धमा आन्तरिक कार्यविधिबमोजिम वर्गीकरण गरी श्ांकास्पद कारोबार प्रतिवेदन वित्तीय’ जानकारी एकाइमा पेस गर्नुपर्नेछ ।
एकैपटक वा पटकपटक गरी एकदिनमा कुनै खातामा गरिएको १० लाख वा सोभन्दा बढी रकमको नगद जम्मा कारोबार वा एकैपटक वा पटकपटक गरी एक दिनमा कुनै खाताबाट गरेको १० लाख वा सोभन्दा बढी रकमको नगद खर्च कारोबार भएमा ‘गोएएमएल सफ्टवेयर’मार्फत ‘एन्टी मनी लाउन्डरिङ’मा जानकारी दिनुपर्ने गरी पनि निर्देशन दिइएको छ ।
यसैगरी, कुनै ग्राहकलाई एकैपटक वा पटकपटक गरी एकदिनमा गरेको १० लाख वा सोभन्दा बढी रकमबराबर सीमावारपार हुनेगरी गरेको विद्युतीय वा अन्य स्थानान्तरणको पनि गोएएमएलमा जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
कुनै ग्राहकले एकैपटक वा पटकपटक गरी एकदिनमा गरेको ५ लाख वा सोभन्दा बढी रकमको नगदमा सटही गरिएको विदेशी मुद्रा कारोबारको पनि ‘एन्टी मनी लाउन्डरिङमा सङ्खटवेयर’मार्फत जानकारी दिनुपर्नेगरी निर्देशन केन्द्रीय बैंकले जारी गरको छ ।






