नएमबी बैंक र हस्तकला उद्यमीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्नेगरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुनिल केसी र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष श्रीमती देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरे ।

बैंकले परम्परागत बैंकिङभन्दा केही पृथक् भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशील विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिँदै आएको छ । यही प्रयासको निरन्तरता स्वरूप यी संगठनबीच समझदारी भएको जानकारी प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गराए ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा