Friday, April 23, 2021
Home Breaking News कोरोनाविरुद्ध जुध्न सार्क एकजुट : सार्क आपतकालीन कोषमा चार राष्ट्रको सहायता

कोरोनाविरुद्ध जुध्न सार्क एकजुट : सार्क आपतकालीन कोषमा चार राष्ट्रको सहायता

,



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न दक्षिण एसियाका तीन राष्ट्रले सार्क आपतकालीन कोषमा सहायता घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क)का लागि आपतकालीन सहायता कोष स्थापना गरेका हुन् ।


मोदीको नेतृत्वमा भएको भिडियो कन्फरेन्सपछि मोदीको प्रस्तावमा १० मिलियन अमेरिकी डलर राख्ने घोषणा भएको थियो । उनको घोषणापछि प्र्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ आपतकालीन कोषका लागि १० करोड रुपैयाँ सहायता दिने घोषणा गरेका छन् ।
त्यस्तै, भुटानका प्र्रधानमन्त्री लोत्से छिरिङले आपतकालीन कोषमा १ लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् । माल्दिभ्सका प्रधानमन्त्री इब्राहिम मोहम्मद सोलीले २ लाख अमेरिकी डलर सहायता दिने घोषणा गरेका छन् ।


मोदीले गत २ चैतमा कोरोना संक्रमणबाट सिर्जित परिस्थितिको सामना गर्नेबारे दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरूबीच भिडियो कन्फरेन्सको संयोजन गरेका थिए । सोही कन्फरेन्समा उनले कोभिड–१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव गर्दै त्यसमा भारत सरकारले १ करोड डलर प्रदान गर्ने घोषणासमेत गरेका थिए ।


के हो सार्क आपतकालीन कोष ?


कोरोना भाइरस (कोभिड–१९)विरुद्ध जुध्नका लागि सार्कका ८ राष्ट्रका निम्ति खोलिएको कोष हो । यो कोषले विपत्तिमा परेको राष्ट्रलाई आपतकालीन कोषबाट सहयोग प्रदान गर्ने गर्दछ । सार्क मुलुकहरूमा पनि कोरोना भाइरस संक्रमण देखिएपछि मोदीको नेतृत्वमा भएको सार्क भिडियो कन्फरेन्समार्फत आपतकालीन कोष स्थापना गरिएको हो ।


सार्क राष्ट्रमा मात्रै १० जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट बंगलादेशमा २, भारतमा ५ र पाकिस्तानमा तीन जनाको मृत्यु भइसकेको छ । सो भाइरसको संक्रमण भारत, पाकिस्तान, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, माल्दिभ्समा देखिइसकेको छ । सो भाइरसबाट विश्वभर ११ हजार ८ सय ३० जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसबाट २ लाख ८३ हजार ९ सय ९० जना संक्रमित भइसेका छन् ।

(Visited 249 times, 1 visits today)
Loading comments...

आजको समाचार

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

को होला वर्ष उत्कृष्ट खेलाडी ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

ट्रेन्डिङ

राजनीतिक दल र नेताप्रति सर्वसाधारण आक्रोशित

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाममा जुटेका राजनीतिक दल र नेताप्रति सर्वसाधारणको आक्रोश बढ्दै गएको छ । घर जान नपाएको,...

मंसिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलागौँ : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको...

बुहारी आवजको दवावले विवाहको १० वर्षपछि चाँदनी खातुनले पाइन् नागरिकता

सर्लाही । सर्लाहीको हरिवन ११ की एक मुस्लिम समुदायकी महिलाले विवाह भएको १० वर्षपछि विवाह तर्दा र नागरिकताको प्रमाणपत्र पाएकी छन् । २०६७ सालमा सोही...

साहसी गोताखोर सलामी बने वर्ष जवान, दाहाललाई उत्कृष्ट बाहिनी अवार्ड

काठमाडौं । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको...

संक्रमित बढ्दै गए के गर्ने ? सरकार भन्छ : लक्षणविहीनलाई अस्पताल राख्दैनौं

काठमाडौं । सरकारले संक्रमितको संख्या बढ्दै गए लक्षणविहीन तथा सामान्य प्रकृतिका बिरामीलाई अस्पताल नराख्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्ता...

कोरोनाबाट मृत्यु भएका भारतीय पुरुषको शब व्यवस्थापन

जनकपुरधाम । कारोना संक्रमणबाट गत बुधवार मृत्यु भएका भारतीय नागरिकको शुक्रबार शव व्यवस्थापन गरिएको छ । धनुषाको महेन्द्रनगरको श्रीनाथ गणबाट खटिएको कोभिड डेथ बडी...

परीक्षा निरिक्षण गर्न गएकी शिक्षिकाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको...

नयाँ संस्करणका लागि निफले माग्यो फिल्म

काठमाडौं । नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको...

ओम्नी ग्रुपसँग भएको विवादस्पद ठेक्का सम्झौता स्वास्थ्य मन्त्रालयद्वारा रद्द

काठमाडौं । सरकारले स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नी गु्रुपसँग गरेको ठेक्का सम्झौता रद्द गरेको छ । स्वास्थ्य सामाग्री आपूर्ति गर्नका लागि ओम्नी समूहसँग एक...

सप्तरीको सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो

सप्तरी, राजविराज । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ । नागरिकसँग प्रत्यक्ष...

अमेरिका र बेलायतद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा

लण्डन। अमेरिका र बेलायत सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई जोगाउन ठूलो आर्थिक राहत कार्यक्रम घोषणा गरेका छन् । अमेरिकी अर्थमन्त्रीले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)