‘बन्धन’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । बडादिन ख्रीष्टमस नजिकिदै गर्दा सुसमचारमा आधारित ख्रीष्टमस भजन गीतहरुको म्युजिक भिडियो  सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित ‘बन्धन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस आशिषमय भजन गीतमा  येशू ख्रीष्टको जन्म र उहा संसारमा किन जन्म लिनु भयो भन्ने कुरालाई सुन्दर तरिकाले भजन गीत मार्फत प्रस्तुत गरिएको छ। राजु सुन्दास र समिता सुन्दासको प्रस्तुति रहेको यस गीतमा गायक प्रताप दास र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ।  दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्।  गीतमा   पुरुसोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्।  मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।  रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘राजु सुन्दास अफिसिएल’ च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 https://youtu.be/6hSN5c76RKo

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

चुमनुब्रीस्थित थेराङखोलाको बाढी : चार घर र पुलमा क्षति