समानुपातिक शब्दकै अपमान

विभिन्न राजनीतिक दलको सिफारिसमा नियुक्त समानुपातिक सांसदको सूची सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा पार्टीको सिफारिसमा सांसद हुने सौभाग्य पाएका व्यक्तिका चरित्र’bout टीकाटिप्पणी सुरु भएको छ । खासमा त लामो समय पार्टीका लागि योगदान दिएका तर, विभिन्न परिस्थितिले स्थान नपाएका योग्यलाई पार्टीले समानुपातिक सूचीमा राख्नुपर्ने थियो । तर, यसपालि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीमा कतिपय त्यस्ता भाग्यमानीले सांसद हुने अवसर पाए जसले पार्टीका लागि कहिल्यै कुनै योगदान गर्नै परेन ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण, एमालेको भागमा समानुपातिक सूचीमा परेका एकनाथ ढकाल त्यस्ता भाग्यमानी हुन् जसले पार्टीका लागि कहिल्यै कुनै दिन गतिलो काम गर्नै परेन । यद्यपि, समानुपातिक सांसद शीर्षकमा प्रमुख राजनीतिक दलले यस किसिमको भद्दा मजाक गरेको यो नै पहिलोपटक भने होइन । जबदेखि नेपालमा समानुपातिक प्रणाली लागू भयो उही बेलादेखि प्रमुख पार्टीका शीर्ष नेताहरूले गति छाड्दै आएका थिए र अहिलेसम्म पनि यहीक्रम जारी छ । एमाले र माओवादीको सिफारिसमा क्रमशः ल्हारकेल लामालाई समानुपातिक सांसदको रूपमा झेलेका नेपाली जनताका लागि शीर्ष नेताका श्रीमती, भान्जी, भतिजी, साला, भतिज समानुपातिक सांसदका रूपमा बेहोर्ने एक खालको आदत नै बसिसकेको छ । यदि त्यसो नहुँदो हो त कतिपय पार्टीका जिम्मेवार पदमा रहेका व्यक्तिले उल्लेखित नाममा बधाई दिँदैन थिए होला । सामाजिक सञ्जालमा अयोग्यले सांसद भयो भनेर उछित्तो काढ्ने मात्रै छैनन् ‘तपाईं सांसद जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा बधाई छ’ भन्नेहरू पनि प्रसस्तै छन् । यसको अर्थ हो प्रमुख पार्टीका शीर्ष नेताले गल्ती गर्दा एकथरी खराब आचरण भएका नेता कार्यकर्ताले ‘ठीकै गर्नु भो’ भनेर उल्टै बधाई दिने गरेका छन् । पदका लोभी र नियत खराब भएका कार्यकर्ताको यही प्रवृत्तिले गर्दा नै शीर्ष नेतालाई संविधानको मर्मविपरीतका गतिविधि गर्न बल पुगिरहेको छ । तमाम खराब काम गर्दा गर्दै पनि हरेक चुनावमा ठीकठीकै परिणाम आएकाले पनि पुराना पार्टीका शीर्ष नेतृत्वमा अलोकतान्त्री काम गर्न हुन्न भन्ने चेत खुलेको देखिँदैन ।

पुराना दलले खराब कामलाई निरन्तरता दिँदाको परिणामै हो काठमाडौंको मेयरमा बालेन शाह र भर्खरै सम्पन्न निर्वाचनमा स्वतन्त्र पार्टीको उदय । बालेनलगायतका युवा आफ्नै पार्टीका लागि चुनौती हुन सक्छन् भनेर अझै सोचेका छैनन् पुराना पार्टीका पुराना नेतृत्वले । कतिपय मानसिक रूपमा कमजोर कार्यकर्ताहरू कति बेला बालेन वा स्वतन्त्र पार्टीका उम्मेदवारले गल्ती गर्छन् र कुर्लौला भनेर बसेका छन् । समानुपातिक सांसद शीर्षकमा गरेको गल्तीलाई फेरि निरन्तरता दिँदै जाने हो भने आगामी चुनावमा अहिले प्रमुख मानिएका दलले नसोचेको चुनौती सामना गर्न अब धेरै दिन बाँकी छैन । आशा गरौं समानुपातिक शब्दकै अपमान हुनेगरी प्रमुख दलका नेताले गरेको गल्ती आगामी दिनमा दोहो¥याउने छैनन् र युवापुस्ताको भावना समेटदै पार्टीमा बास्तवमै योगदान दिएका व्यक्तिलाई उचित अवसर दिनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

कोरला नाकाबाट भित्रिएका ‘ईभी’लाई गन्तव्यमा पुर्‍याउन सकस