कुरीतिविरुद्ध उभिए जुम्लाका किशोर–किशोरी

जुम्ला । जुम्लाका किशोेर किशोरी समाजमा विद्यमान छाउ प्रथा, बालविवाह, लैङ्गिक विभेद लगायतका कुरीति अन्त्यका लागि एक जुट भएका छन् । सामाजिक कुरीतिले बालबालिकाको शारीरिक मानसिक तथा स्वास्थ्य शिक्षा रोजगार लगायतका अवसरबाट वञ्चित भएको भन्दै समृद्ध समाज निर्माणका लागि सिञ्जाका किशोर किशोरी कुरीति विरुद्धको अभियानमा जुटेका हुन् ।

प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालद्वारा सञ्चालित निर्णय र नेतृत्व परियोजनामार्फत सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका १० वटा वडामा ४० वटा कक्षा सञ्चालन गरी झन्डै १ हजार किशोर किशोरीलाई कुरीति विरुद्ध सचेत बनाइएको छ । निर्णय र नेतृत्व परियोजनाले सिञ्जा क्षेत्रका १ हजार किशोर किशोरी बाल विवाह न्यूनीकरण, यसका असर, छाउ प्रथा अन्त्य, लैङ्गिक हिंसा अन्त्य, बालमैत्रीपुर्ण नीति निर्माणका लागि पैरवी र वकालत गर्ने लगायतका कामका लागि सचेत भएका छन् ।

केही वर्ष पहिलासम्म सिञ्जा, हिमा र कनकासुन्दरीका ग्रामीण बस्तीमा विद्यमान कुरीति अन्त्यका लागि परिवर्तनका संवाहक किशोर किशोरी र निर्णय र नेतृत्व परियोजनाले उल्लेखनीय सुधार ल्याएको छ । कुरीति विरुद्ध नैतिक तथा बौद्धिक बहसका लागि सिञ्जा क्षेत्रका तीन पालिकाका १ हजार किशोरी किशोरी सामाजिक अभियन्ता र परिवर्तनका संवाहकका रुपमा तयार भएका छन् ।

जसमा हिमा गाउँपालिकाका ३ सय किशोरी र २ सय किशोर, सिञ्जाका १ सय किशोर १ सय किशोरी र कनकासुन्दरी गाउँपालिकाका २ सय किशोर र १ सय किशोरी गरी १ हजार परिवर्तनका संवाहक तयार भएका छन् । उनीहरूले गाउँमा हुने विभिन्न कुरीतिका विरुद्धमा पैरवी गरिरहेका छन् । जसले गर्दा पछिल्लो समय कनकासुनदरीका वडा नं। ३, ५ र ८ नम्बर वडाका विभिन्न बस्ती, सिञ्जाका वडा नंं। ३ र ६ का बस्ती र हिमाका १, ३, ४, ५ र ७ वडाका बस्तीहरू बाल विवाह मुक्त गाउँ बनाउने तयारीमा स्थानीय निगरानी समिति र किशोर किशोरी लागिपरेका छन् ।

परियोजनाले कुरीतिका विरुद्धमा वकालत मात्र गर्न सिकाएको छैन । कनकासुन्दरी ३ की किशोरी अञ्जलि बुढाले भनिन्, “सामाजिक सशक्तीकरण, क्षमता विकास र बालमैत्री नीति निर्माणका लागि पनि हामी सक्षम भएका छौँ । बालविवाह र छुई प्रथा गर्ने असरका विषयमा पनि सहजै बहस पैरवी गर्न सक्षम छौँ । अब वर्तमान समय र भविष्यमा हाम्रो गाउँघरमा बाल विवाह गर्दैनौ र गर्न दिन्नौँ भन्ने अभियानका साथ समेत अघि बढिरहेका छौ ।” क्याडले सामाजिक कुरीति अन्त्यका लागि सिञ्जा क्षेत्रका युवा युवतीलाई दिएको जस्तो जागरण शिक्षा जुम्लाका सबै स्थानीय तहले यस्ता व्यवहार परिवर्तन सहितको शिक्षा दिने कार्यक्रममा जोड दिन किशोर सिञ्जा गाउँपालिका ४ का भरत बुढाको जोड छ ।

अस्मिता बुढा, सक्शेस बुढा, सृजना शाही र श्रृष्टी शाही लगायतका किशोर किशोरीले निर्णय र नेतृत्व परियोजनाले सामाजिक कुरीतिविरुद्ध वकालत गर्न कानुनी तथा सैद्धान्तिक ज्ञान पाएको बताएका छन् । आफु पनि बाल विवाह छुई प्रथा नमान्ने अरूलाई पनि गर्न नदिने उहाँहरूको प्रतिबद्धता छ । क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेरबहादुर रोकायाले निर्णय र नेतृत्व परियोजनाको अपेक्षित लक्ष्य हासिल भएको बताए ।

उनका अनुसार कार्यक्षेत्रका तिनै पालिकाका गाउँमा अहिले बाल विवाह गर्नु हुँदैन, महिनावारी भएको बेला गोठमा बसाल्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ । मुख्य उपलब्धिका रुपमा सिञ्जाका तीन पालिकाका १ हजार परिवर्तन संवाहकका तयार गरेका छौँ । जसमा १० वर्षदेखि १५ सम्मका ५ सय र १६ देखि २४ वर्ष उमेरका ५ सय गरी १ हजार परिवर्तनका संवाहक तयार भएका हुन् । उनीहरूले परियोजनाको लक्ष्यलाई सफल बनाउन आफ्नो गाउँघरमा कुरीति अन्त्यका लागि उल्लेखनीय काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार