इन्डक्सन चुलो किन्ने बढे

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा इन्डक्सन चुलो किन्नेको भिड बढेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावले बजारमा खाना पकाउने ग्याँसको अभाव देखिएपछि उपभोक्ता विकल्पमा इन्डक्सन चुलो किन्न थालेका हुन् । २०७२ सालमा गएको विनाशकारी भूकम्पसँगै भारतले लगाएको अघोषत नाकाबन्दीको बेला छिमेकी मुलुक चीनले सरकारलाई अनुदानमा उपलब्ध राएको करिब ७ हजार थान इन्डक्सन चुलो प्रतिउपभोक्ताको आकर्षण बढ्न थालेको हो ।

व्यापार कम्पनी थापाथली अञ्चल कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले बताए । उनले दैनिक साढे ४ सयदेखि ५ सयवटा इन्डक्सन चुलो बिक्री हुने गरेको जानकारी दिए । कोरोना भाइरस संक्रमण नफैलिनुभन्दा महिनामा करिब ५० देखि ६० वटा मात्र बिक्री हुने इन्डक्सन चुलो अहिले बढेर दैनिक ५ सयसम्म बिक्री हुने बुढाथोकी बताए ।

बढाथोकीका अनुसार पछिल्लो समय २ हजार ५ सय थान इन्डक्सन चुलो बिक्री छ । कम्पनीले एउटा स्टिलको कराइसहित ४ हजार रुपैयाँमा इन्डक्सन बिक्री गरिरहेको छ । साबिकको खाद्यान्न संस्थाले सुरुमा सो इन्डक्सन चुलो ११ हजारमा बिक्री गर्दै आएको थियो । बुढाथोकीका अनुसार करिब ७ हजार थान इन्डक्सनमध्येमा अहिले ४ हजार बिक्री भएर अब ३ हजार थान इन्डक्सन चुलो बाँकी रहेको छ । 

साबिकको खाद्यन्न संस्थानले ११ हजार रुपैयाँ बिक्री नभए पनि सो मूल्य घटाएर ४ हजार रुपैयाँमा बिक्री थालेको हो । एउटा कराइसहित ४ हजारमा इन्डक्सन चुलो पाइने भएपछि अहिले उपभोक्ता व्यापार कम्पनीमा चुलो किन्ने बढेका छन् । पछिल्लो समय नेपालमा विद्युत् उत्पादन बढेसँग लोडसेडिङको झमेला खपन नपर्ने भएपछि धेरैजसो उपभोक्ता ग्याँससँग विद्युत् प्रयोग गर्न थालेका छन् । बुढाथोकीले अहिले इन्डक्सन चुलोसँग अन्य खाद्यान्न वस्तुको समेत बिक्री बढेको बताए ।

ग्याँस आपूर्तिमा सहज हुँदैन

कोरोना भाइरस संक्रमणको त्रासमा बजारमा एलपी ग्याँसको चरम अभाव देखिएको थियो । साता दिनअघि बजारमा चरम अभाव सिर्जना भएको एलप िग्याँस अहिले उपभोक्ताले सहज रूपमा पाउन थालेका छन् । नेपाल आयल निगमले आवश्यकताभन्दा बढी ग्याँस आयात गरेर पछि आपूर्ति सहज आएको हो । निगमले मासिक ३८ हजार मेट्रिक टन ग्याँस आयात गर्दै आएको दुई सातामा मात्र २५ हजार ६ सय ४९ मेट्रिक टन ग्याँस आयात गरेको छ । बजारमा ग्याँसको माग बढेपछि आपूर्ति सहज गर्न मासिक ३८ हजार मेट्रिक टन ग्याँस आयात गर्दै आएको कोटा बढाएर ४५ हजार ल्याउने भएको छ ।

निगमको तथ्यांक अहिले बजारमा दैनिक १ लाख ३१ हजार ग्याँस सिलिन्डर बजारमा बिक्री भइरहेको छ ।

गत आर्थिक चैत महिनामा दैनिक ८४ हजार सिलिन्डर बिक्री हुन्थ्यो भने अहिले कोरोनाको त्रास बढेपछि दैनिक १ लाख ३१ हजार ग्याँस सिलिन्डर बिक्री हुने गरेको निगमले जनाएको छ । निगमका अनुसार देशभर १ करोड १२ लाख ग्याँस सिलिन्डर छन् । कोरोना भाइरसको त्रासले उपभोक्ताले खाली ग्याँस अनावश्यकभन्दा अभाव सिर्जना भएको निगमले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशन नेत्रप्रसाद सुवेदीका अनुसार विभागले सञ्चालन गरेको टोल फ्री नम्बर ११३७ मा पहिलोभन्दा ग्याँसका नपाएको गुनासा कम भएको छन् । पहिलोभन्दा कम ग्याँस नपाएको गुनासो आउने सुवेदीले बताए । केही उपभोक्ताले ग्याँस सिलेन्डर साट्ने क्रममा धेरै मूल्य लिएको गुनासो आएको सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 1,088 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग