मेस्सीले तत्काल सन्यास नलिने

दाेहा । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पार्यो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको हो ।

विश्वकप उपाधिपछि मेस्सीले आफुले तत्काल सन्यास नलिने स्पष्ट पारे । ‘म राष्ट्रिय टिमबाट सन्यास लिन गईरहेको छैन । म विश्वकप विजेता अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहन्छु,’ उनले भनेका छन् । मेस्सीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज