मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, पाँच जना घाईते

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आइतबार साँझ म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से२प ८२० नम्बरको ट्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । दुर्घटनामा परी घाइते भएका साउदलाई कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पु-याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए ।

ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । ट्याक्टर र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९