तिम्रो मेरो साथमा साम्राज्ञी र पुष्पको द्वन्द्व

काठमाडौं । माघे सक्रान्तिको अबसर पारेर यही २९ पुसमा रिलिज गरिने चलचित्र ‘तिम्रो मेरो साथ’को मँगलबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ ।

सिनेमाका मुख्य नायक पुष्प खडकाले प्रेममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई धोका दिएपछि उनीहरुबीचको द्धन्द्ध कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरले प्रेम, धोका र वदलाको भाव प्रस्तुत गरिएको छ ।

दर्जन चलचित्र निर्माण गरिसकेका रमेश एमके पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । फिल्मका निर्माता पनि उनी नै हुन् । अमेरिकामा केही वर्ष फिल्म सम्बन्धि शिक्षा लिएपछि निर्देशनमा हात हालेको उनले कार्यक्रममा प्रकाश पारे ।

सिनेमामा पुष्प खडका , साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको तिम्रो मेरो साथमा सबिर र बाबुराम निरौलाको स्क्रिप्ट, शिव ढकालको छायांकन, सुवास भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम