बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद

सप्तरी । ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा सप्तरीका एकै परिवारका पाँच जनालाई कैद र जरिमाना गरिएको छ ।

‘बोक्सी’ भन्दै २७ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ का ५० वर्षीय रामदेव चौधरी, उनकी श्रीमती ४० वर्षीया सुनितादेवी, छोरा २३ वर्षीय प्रकाश, बुहारी २२ वर्षीया बबिता र रामदेवका भाइबुहारी ४० वर्षीया श्रीकुमारीलाई जिल्ला अदालतले जनही ६ महिना कैद र ५ हजार जरिमाना गरेको हो ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले पा“चै आरोपितलाई सजाय दिने आदेश दिएको अदालतका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।

त्यस्तै, पीडितले आरोपितबाट जनही ३ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ । रामदेवका भाइ ४० वर्षीय श्यामदेवले भने अभियोगबाट सफाइ पाएका छन् ।

आरोपितका छोराछोरी बिरामी पारेको दोष लगाई १० माघ २०७८ मा बोक्सी आरोप लगाउँदै कुटपिट गर्ने अराोपितविरुद्ध पीडितले कञ्चनरूप इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

घरको कोठामा प्रवेश गरी आरोपितहरूले ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको पीडितको भनाइ थियो । इलाका प्रहरी कार्यालयले २० माघमा उजुरी दर्ता गरेपछि २५ माघमा उनीहरूलाई पक्राउ गरिएकामा सुनिताले ३० हजार र रामदेवले २० हजार धरौटी राखेर रिहा भइ तारिक खेप्दै आएका थिए ।

यसैगरी, गत ११ जेठमा हाजिर भएका प्रकाश र बबिता पनि जनही १० हजार धरौटी राखेर बाहिरिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा