‘एमालेसँग एकता भएकाे छैन’

काठमाडौ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाहीले सामाजिक संजाल मार्फत एमालेसँगको एकतावारे धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष शाहीले “पार्टी एकताको सन्दर्भमा बजार हल्ला भए जस्तो, त्यस्तो केही भएको छैन । राजनीतिमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ भ्यालु एडको लागि विभिन्न फन्डा ल्याइ रहन्छन्, त्यसमा लाग्न जरुरी छैन । मुल कुरा कम्युनिस्ट आन्दोलनमा पुनरजागरण र बृहत् कम्युनिस्ट सङ्गठन र्निर्माण, सामाजिक परिवर्तन र समाजवाद स्थापनाको सवाल हो । यसमा खुद्रामसिना, प्राबिधिक कुरामा समाधन खोजिने वा हुने छैन । त्यसैले कमरेडहरु आन्दोलन र सङ्गठन निर्माणको सोच र योजना बनाउने तिर लागौं ।”

एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बने संगै एमालेका नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेत लगायतले नेकपा (एस) का अध्यक्ष माधब नेपाललाई भेट गरी एमाले सङको पार्टी एकताका ’boutमा छलफल चलाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?