टीकापुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीबाट कञ्चनपुर क्षेत्र नं. ३ (१) बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता बसेको बैंठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।
सोडारी कैलाली निर्वाचन क्षेत्र ४(१)को प्रदेश सभामा निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका छन् ।
धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कञ्चनपुर क्षेत्र नं. ३ (१) बाट निर्वाचित प्रकाश रावल, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र समानुपातिक प्रदेशसभा सदस्य माया पन्तलाई सचेतक तोकेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा ३२ वटा सिट रहेकोमा एकीकृत समाजवादीका ३ प्रत्यक्ष र १ समानुपातिक गरी ४ वटा सिट रहेका छन् ।