सरकारमा सहभागितावारे एकीकृत समाजवादी अनिर्णीत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने’bout कुनै निर्णय गर्न सकेन ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार गरी दुई दिनसम्म स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने कि नहुने’bout व्यापक विमर्श र छलफल भए पनि सो सम्बन्धमा कुनै निर्णय लिन नसकेको हो । सरकारमा सहभागी हुने वा नहुने भन्नेमा स्थायी कमिटीका सदस्यले मिश्रित सुझाव दिएकाले सोमबार बस्ने पोलिटब्युरो बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेमा निर्णय हुने बताइएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार बस्ने पोलिटब्युरो बैठकबाट सरकारमा सहभागी हुने वा नहुने’bout निर्णय हुने बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोण’bout छलफल भएको बताए ।

प्रवक्ता खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र विस्तार’bout छलफल गरेको पनि जनाए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको बृहत् छलफल गर्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने, समर्थन गर्ने वा नगर्ने विषयमा नेताको मिश्रित धारणा आएको बताए ।

उपमहासचिव तुलाधरले बैठकमा पार्टी पुनर्गठनका सन्दर्भमा पाँचवटा बुँदामा छलफल भएको जानकारी दिए । वर्तमान राजनीति, वर्तमान सत्ता गठबन्धनप्रतिको धारणा, सरकारमा जाने कि नजाने ?, पार्टी एकीकरण’bout चलेको हल्ला’bout धारणालगायतका विषयमा केन्द्रित भएर स्थायी कमिटी सदस्यले धारणा राखेको र अब पोलिटब्युरो कमिटीको बैठकमा पनि छलफल हुने उनले बताए ।

अधिकांश स्थायी कमिटी सदस्यले अहिले राष्ट्रिय संकटको स्थिति उत्पन्न भएको र जनसरोकारका मुद्दा ओझेलमा परेको धारणा राखे । वर्तमान सत्ता गठबन्धन नाटकीय शैलीबाट गठन भएको आरोप लगाउँदै तुलाधरले प्रचण्डले पटकपटक भेटेर सरकारमा सामेल हुन आग्रह गरिरहेको बताए ।

माओवादी केन्द्र र एमालेले नेतृत्व गरेकोजस्तो देखिए पनि अहिलेको सरकार खिचडी सरकार बनेको एकीकृत समाजवादीको ठम्याइ रहेको उनले बताए ।

‘हिजोको गठबन्धनमा सामेल भएका, सँगसँगै हिँडिरहेका जुनसुकै कारणले भए पनि एउटा गठबन्धन तोडेर अर्को गठबन्धन बनाउन पुगेका प्रचण्डजी नै प्रधानमन्त्री भएका कारण हामीले समर्थन गर्नु उपयुक्त हुन्छ कि भन्ने विषयमा धेरै साथीहरूले बोल्नु भएको छ,’ उनले भने, ‘सरकारलाई समर्थन गर्ने÷नगर्ने’bout निर्णय भइसकेको छैन ।’

बैठकमा सरकारमा जान हतारिनुहुँदैन भन्ने सुझावसमेत आएको तुलाधरले बताए । केही नेताले पार्टी सरकारबाहिर रहेर बलियो बनाउने अभियान चलाउनुपर्ने धारणासमेत राखेका छन् ।

एमाले र माओवादीसहितका दलको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी बनाउन आन्तरिक छलफल जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी