अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता

विश्वमा आउँदो आइतबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२३ सुरु हुँदै छ । यसरी विभिन्न देशमा आआफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एक आपसमा दिइने प्रचलन रहिआएको छ । यसर्थ अंग्रेजी महिनाको ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा इस्वी सन् २०२२ बिदाइ भई नयाँ वर्ष सन् २०२३ को हार्दिक स्वागत गरिने परम्परा रहिआएको छ । त्यसैले सो दिन विश्वभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइन्छ । यसर्थ पश्चिमी देशमा प्रचलनमा रहेका विभिन्न पात्रोमध्ये ग्रेगोरियन पात्रोअनुसार सन् प्रचलनमा ल्याइएको थियो । फलतः यशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो नामाकरण गरिएको थियो । यसलाई न्यु एयरका रूपमा संसारभरि अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई नयाँ जोस र जाँगरलाई लिएर भव्यताका साथ मनाइन्छ । जबकि सन् २०२२ एउटा विषम र कठिन वर्ष थियो ।

विगतका सन् २०२१ र २०२२ मा सारा विश्वलाई कोरोना कहरको महामारीको कारणले आर्थिक स्थितिमा संकट उत्पन्न भएको थियो । सो वर्षलाई दोस्रो विश्वयुद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रूपमा लिइएको थियो । अबका वर्षले विश्वलाई डिजिटल थलोतर्फ डोहो¥याएको छ, अब मानवीय अंगालो च्याटबोर्डका इमोजीले प्रतिस्थापन गरेको छ । भीड अब डिजिटल थलोमा बढ्न थालेको छ अनि डिजिटल थलोमा मानवको प्रवेश गरेको छ । यद्यपि, नर्मल वर्षहरूको प्रतीक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो । अतः जिन्दगीलाई अनुभव र यादको सँगालो रूपमा लिन सकिन्छ । हरेक वर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो वर्ष बित्छ भने नयाँ वर्ष आउँछ । हुन त हामी नेपालीहरूको क्यालेन्डरदेखि चाडबाड अनि कार्यालयगत कुरा धेरैजसो विक्रम सम्वत्मा आधारित भएकाले यो इस्वी संवतलाई आगन्तुक र पराई संवत्का रूपमा लिने पनि गरिन्छ ।

हरेक नयाँ वर्षहरूमा हामी केही सोचाइ या परिवर्तन गर्ने चाह राख्छांै तर ती धेरै जसो चाह अनि वाचा त्यतिकै तुहिएर जाने पनि गर्छन् । यस वर्षको सकारात्मक सोच अनि प्रगतिका लावालस्कर तपार्इंको पाइला अगाडि रहिरहून, फर्केर हेर्नु नपरोस् अनि ताकेका चिताएका कुरामै निशाना लागोस् । विश्वमा प्रायः गरी धेरै जसो मुलुकमा जनवरी १ तारिखका दिन नव वर्ष भनेर मनाउने चलन रहेको छ । हाम्रो देशमा भने यो झन्डै पुसको दोस्रो हप्तातिरबाट मात्रै नव वर्ष सुरु हुनेछ र हामी नेपालीको भने प्रत्येक वैशाख १ गतेबाट नै नव वर्ष सुरुवात हुन्छ । नेपालमा अन्य प्रचलित सम्वत््मध्ये युगलवारनीय, शाक सम्वत्, नेपाल सम्वत्् र इस्वी सन् मुख्य मानिएका छन् ।

यशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले अंग्रेजी नयाँ वर्ष ग्रेगोरियन पात्रोअनुसार मनाउने गरिन्छ

संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२३ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । यसको साथसाथै राष्ट्रमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुराताŒिवक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको बताएको पनि छ । यसरी अर्कोतिर हेर्ने हो भने इस्वी सन् २०२२ पक्कै पनि विश्व इतिहासमा संकटमय वर्षका रूपमा याद रहनेछ । किनकि, यस वर्ष रुस युक्रिनबीच युद्धलगायत विभिन्न घटनाक्रम विश्वसामु देखापरेका थिए ।

यसर्थ, चीनको वुहानमा पहिलोपटक देखापरेको कोरोना भाइरसले विश्वव्यापी रूपले चीनलाई हालसम्म छोडेको छैन । यो महामारीले हाल चीनमा दैनिक ५÷६ हजारको संख्यामा मृत्यु भइ नै रहेको छ । यी विभिन्न रोगव्याधीले गर्दा संसारभर करोडौं मानिसले रोजगारी गुमाउनुको साथसाथै हवाइ, यातायात, उद्योगधन्दा, कलकारखाना, पर्यटन व्यवसायबाट हात धुनुपर्ने स्थिति सिर्जना भएको छ । यसले गर्दा संसारभरिका रोजगारदातालाई नयाँ आर्थिक संकटको पनि जन्म दिएको छ । यसको साथसाथै महामारीले सबैभन्दा ठूलो धक्का विश्व अर्थतन्त्रलाई दियो ।

यसले तुलनात्मक रूपमा पुँजीवादी अर्थनीति अपनाएका देशहरूले ठूलो मूल्य चुकाउनुपरेको छ । खासगरीकन हाम्रा छिमेकी मुलुक भारतको आर्थिक वृद्धिदर पछिल्लो ४० वर्षयताकै खराब अवस्थामा पुगेको समाचार सार्वजनिक भएका छन् । कम विकसित राष्ट्रहरूको अर्थतन्त्र स्वतः प्रभावित बनेको छ । महामारीले पर्यटन र हवाई क्षेत्रलाई नराम्रोसँग लडाइदिएको छ । करोडौं मानिसले रोजगारी गुमाएका छन् ।

लाखौंको संख्यामा ठूला उद्योगधन्दा बन्द हुँदा समग्रमा विश्व नै अर्थिक मन्दीको अवस्था पुगेको छ । मुलुकको कुरा गर्ने हो भने पनि पर्यटन र यातायात क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । जसले गर्दा आन्तरिक र वैदेशिक रोजगारी ठप्प प्रायः छ । जसमा वैदेशिक रोजगारीमा गएकाले समेत रोजगारी गुमाएको देखियो । यसरी कोरोनाले पारेको प्रभावको असर बल्ल बैंक तथा वित्तीय संस्था र आर्थिक क्षेत्रमा गति लिन थालेको देखिन्छ ।

समग्रमा भन्नुपर्दा यसपटकको नयाँ वर्षमा विश्वभरि नै विगतजस्तो नभएर उल्लासमय माहोल बढ्ने संकेत देखिन्छ । अतः अझै केही मुलुक यतिबेला कोभिडविरुद्ध संघर्षरत अवस्थामा भएकाले नयाँ वर्षको उत्सव मनाउनेसम्बन्धी विश्वव्यापी रूपमा विभिन्न नियम लागू गरिएका छन् । अतः आकाशमा झिलीमिली पटकाको प्रस्तुतिलगायत सबै किसिमका सार्वजानिक कार्यक्रम सिड्नीदेखि र न्युयोर्कसम्मका सहरमा यसपालि विभिन्न कार्यक्रम तय हुने रहेको छ ।

हरेक नयाँ वर्षहरूमा हामी केही परिवर्तन गर्ने चाहना राख्छांै तर ती चाहना अनि वाचा त्यतिकै तुहिएर जाने गर्छन्

मूलतः यस महान पर्वका इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीहरूले सो संवत् प्रचलनमा ल्याएका थिए । यसरी यो पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुन जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । त्यसमा केही विवादकै कारण यो पात्रो रसियाले २ सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताए । यो विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो इस्वी सन् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

यो इस्वी सन् हाम्रो देशमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशी पाहुनाले यसको प्रयोग गर्छन् । यसैगरी, केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा न्यु इयर इभका नाममा यो सम्वत मनाइन्छ । अतः यसरी आउने नव वर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गरिन्छ । यसरी स्वागत र बिदाइ गर्ने परम्परा आआफ्नो देशमा आआफ्नै प्रकारका हुन्छन् ।

यसरी आउने नव वर्षलाई हार्दिक शुभकामनाका साथ एकअर्कोमा शुभकामना सन्देशलाई आदानप्रदान गर्ने कार्य तदारुकका साथ गरिन्छ । यसरी आफ्ना शुभचिन्तकलाई यस सुर्वण अवसरमा भविष्यकको उत्तरोउत्तर प्रगतिको कामना सबैलाई गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय