प्रधानमन्त्री दाहालद्वारा ‘सिन्का पाउँरु’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रष्टा शीतल कादम्बिनीको नयाँ उपन्यास ‘सिन्का पाउँरु’को राजधानीमा एक समारोहबीच लोकार्पण गरेका छन् । गुरुङहरूको मुख्य चाड तमू ल्होसारको अबसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री दाहालले यो पुस्तक सार्वजनिक गरेका हुन् ।

गुरुङ समुदायको बिषयबस्तु समेटिएको उपन्यासलाई तमु ल्होसारकै दिन सार्वजनिक गर्न पाउँदा खुसी लागेको प्रधामन्त्री दाहालले कार्यक्रममा बताए । गीत र गजलमा आफ्नो फरक परिचय बनाएकी कादम्बिनीको यो उपन्यासलाई पनि पाठकले मन पराउने विश्वास प्रधामन्त्री दाहालले कार्यक्रममा व्यक्त गरे ।

गुरुङ समुदायको कथामा आधारित उपन्यास भएकाले विमोचनका लागि तमू ल्होसारको सन्दर्भ पारिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले बताए, ‘गुरुङ समुदायको कथा भएकाले सो समुदाय एकै ठाउँ भेला हुने मुख्य सन्दर्भ पारेर टुँडिखेलमा विमोचन गरेका हौं । आफ्नो समुदाय’bout साहित्यमा के लेखिइरहेको छ भन्ने’bout धेरैले जानकारी पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।’

बितरक किताबयात्रा डटकमले यो पुस्तकको मूल्य ४९९ रुपैयाँ राखेका छ । यात्रा पब्लिसिङ हाउसले छापेको यो किताव अनलाइनमार्फत किन्न पाईने पनि कार्यक्रममा कम्पनी जानकारी दिएको छ ।

सार्वजनिक भएकै दिन उपन्यासले पुरस्कार पनि प्राप्त गरेको छ । ‘दुई साताअघि नै पुस्तक प्रकाशित भए पनि विमोचनको लागि ल्होसार पर्खिरहेका थियौं । त्यही सन्दर्भमा पुस्तकले पुरस्कार पनि प्राप्त गर्दा दोब्बर खुसी लागिरहेको छ’, उपन्यासकार कादम्बिनीले भनिन्, ‘उपन्यासको कथामा आम मानिसकै भावना प्रतिनिधित्व छ साथै गुरुङ समुदायको संस्कृति पनि महत्वपूर्ण पाटोको रूपमा आएको छ । त्यसैले आफ्नै समुदायबाट पुरस्कृत हुन पाउनु मेरो लागि थप खुसीको कुरा हो ।’ सिन्का पाउँरू उनको पहिलो उपन्यास हो ।

गुरुङ समुदायको पात्रोअनुसार बाघ वर्गमा प्रकाशित १७३ पुस्तकमध्येबाट छानिएर कादम्बिनीको उपन्यास ‘सिन्का पाउँरु’ले ‘तमू वर्ष पुस्तक पुरस्कार– सन् २०२२’ प्राप्त गरेको तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्ले जानकारी दिएको छ । परिषदले गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृति अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि हरेक वर्ष तमू ल्होसारमा प्रदान गर्नेगरि पुरस्कार स्थापना गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा