राजनीति र प्रशासन दुवैमा आमूल सुधार जरुरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार र मंगलबार नेपाल सरकारका सचिवसँग गहन छलफल गरेर मन्त्रालयका विभिन्न समस्या र चुनौती’bout जानकारी लिएका छन् । छलफलका क्रममा प्रधानमन्त्रीले जनसरोकारमा सबै काम दूू्रत गतिमा अघि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले सचिवलाई जिम्मेवारीअनुसार आफ्ना काम प्रभावकारी रूपमा सम्पन्न गर्नसमेत निर्देशन दिए । वास्तवमा सचिवले इमानदारितापूर्वक काम गर्ने हो भने उनीहरूलाई प्रधानमन्त्रीको यसखालको निर्देशनको खासै जरुरत नै पर्दैन । तर, हामीकहाँ हरेक सरकार बन्नासाथ प्रधानमन्त्रीको पहिलो काम सचिवलाई बोलाएर निर्देशन दिने नै हुन्छ । यस्तो कार्य कर्मकाण्डीजस्तै बन्न पुगेको छ । तर, आगामी दिनमा यस्ता छलफलले असल परिणाम ल्याउन सक्नुपर्छ ।

सरकारको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नै प्रशासन संयन्त्रको हो । सचिवहरू त्यस्तो प्रशासन संयन्त्रको मुख्य हाकिम हुन् । तर विडम्बना उनीहरूको नेतृत्वमा रहने प्रशासन संयन्त्र निकै जुम्सो र कामचलाउ खालको छ । हामीकहाँ राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिन नसक्दा मुलुक अधोगतितर्फ जान बाध्य छ ।

प्रधानमन्त्री प्रचण्डले सचिवलाई निर्देशन दिँदै गर्दा के कुरामा ध्यान दिनुपर्छ भने सबैभन्दा पहिला त राजनीतिक नेतृत्व नै नैतिकतवान् र इमानदार बन्न सक्नुपर्छ । प्रधानमन्त्रीका योजना र सपनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने प्रमु्ख निकाय भनेकै प्रशासनयन्त्र (कर्मचारीवर्ग) हो । प्रचण्डले आफ्ना सरकारका नीति तथा कार्यक्रम र आफ्ना महत्वकांक्षी योजनामार्फत आमप्रशासनतन्त्रमा विशेष प्रकारको भाइब्रेसन ल्याउन सक्नुपर्छ । हाम्रो प्रशासनतन्त्रमा पनि केही खराबी पक्कै छ । तर, पनि राजनीतिक नेतृत्व सही र ट्रयाकमा रहन सक्यो भने प्रशासनतन्त्रबाट उसले सहजै सहयोग पाउन सक्छ ।

दुःखका साथ भन्नुपर्छ आमराजनीतिक नेतृत्वमा जस्तै आमकर्मचारीमा अहिले पनि भ्रष्ट चरित्र अत्यधिक छ । यसो त कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो । त्यसैले सर्वप्रथम राजनीतिक नेतृत्व आफंै सच्चिनुपर्छ । त्यसैले अब प्रधानमन्त्री प्रचण्डको पहिलो प्राथमिकता आपूm सच्चिएर कर्मचारीमा आर्थिक अनुशासन, नैतिकता, सदाचार कायम राख्न सक्नुपर्छ । हाम्रा प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् ।

कसरी हुन्छ धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त हुनपुग्दा मुलुकमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ भने ती नेताहरू पनि जनताको दृष्टिमा खराब बन्दै गइरहेका छन् । त्यसैले प्रधानमन्त्री प्रचण्डलगायत सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । त्यसमा पनि अहिलेका सत्तारूढ दलका नेता तथा प्रधानमन्त्री प्रचण्डलगायतको उनको टिमले अब भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नैपर्ने देखिन्छ ।
राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता नैतिकता र पारदर्शी चरित्र विकास हुन सक्यो भने पक्कै पनि मुलुकले छिटै विकास र प्रगतिको मार्ग समाउन सक्छ । सर्वप्रथम त प्रधानमन्त्रीले आफ्नो कार्यकालको अवधिमा गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगत विज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । जनताका गास, बास, कपासको उचित व्यवस्थापन तथा स्वास्थ र शिक्षामा सहज पहुँच एवं रोजगारीको उचित अवसरको व्यवस्थापन गर्न सक्नुपर्छ । राजनीतिक नेतृत्व सही र ट्र्याकमा रहन सक्यो भने प्रशासनतन्त्रबाट उसले सहजै सहयोग पाउन सक्छ । त्यसैले अब प्रधानमन्त्री प्रचण्डको पहिलो प्राथमिकता आपूm सच्चिएर कर्मचारीमा आर्थिक अनुशासन, नैतिकता, सदाचार कायम राख्न सक्नुपर्छ । प्रधामन्त्री प्रचण्डले मुलुकलाई साँच्चै रूपान्तरण गर्ने हो भने प्रशासन क्षेत्रमा पनि व्यापक सुधार जरुरी छ । त्यसका लागि सर्वप्रथम आफैं सादगी भएर प्रशासनमा व्याप्त रहेको विकृति र विसंगति हटाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी