Sunday, May 16, 2021
Home Breaking News मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्

,

काठमाडौँ । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ । प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाएका थिए ।

आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् ।अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

साताका लोकप्रिय समाचार

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

पर्यावरण प्रदूषण नियन्त्रण अनि उपाय

पर्यावरण विमर्श नदीहरू पोखरीहरूको पानी एवं भूमिगत पानी त मनिसहरूले प्रदूषित गरेका नै छन् । प्रदूषित गर्न यिनले समुन्द्रको पानी पनि छाडेनन् । समुन्द्र किनारका...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

ट्रेन्डिङ

साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा

सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस

इटहरी । केपी ओली नेतृत्वको सरकार दमनबिरुद्ध केन्द्रित भएको भन्दै सुनसरी कांग्रेसले आन्दोलनको तयारी सुरु गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालाले मंगलबार...

धादिङमा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र...

प्रहरी र शिकारीबीच गोली हानहान

माेरङ । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन...

बाख्राले भविष्य बनाईदिने आशमा…

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ कि ललिता लामा निकै खुशी छिन् । आज उसले ५ वटा बाख्रा पाएकी छिन् । उनलाई लागेको...

उजाड बन्यो कोशी ब्यारेज

कोशी आसपासका क्षेत्रमा संचालनमा रहेका सबै ३७ वटा होटल लकडाउनका कारण विगत २ महिना देखि बन्द रहँदा अहिले सबै संचालक संकटमा परेका छन् सप्तरी राजविराज...

साझा स्वास्थ्य सेवामा मास्क किन्नेको लाइन

काठमाडौं । महाराजगञ्जस्थित साझा स्वास्थ्य सेवा सहकारी संस्थामा मास्क किन्ने सर्वसाधारणको भिड लागेको छ । कालोबजारी गर्ने व्यापारीबाट बरामद भएको मास्क सरकारले साझा स्वास्थ्य...

आयौं चेली माइती सम्झेर…सार्वजनिक

काठमाडौं । गज्जब टिभी युट्युब च्यानलमार्फत ‘आयौं चेली माइती सम्झेर...’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा घनश्याम ओलीको शब्द र दिपक शर्माको संगीत...

अन्जु पन्तका हुनेवाला श्रीमान भन्छन् ‘तपाईले सुनेको सत्य हो,हामी प्रेममा छौं’

काठमाडौं । गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भने ‘तपाईहरुले...

रातिको समयमा काठमाडौँ उपत्यका प्रवेशमा रोक

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक जगाएको छ । जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि उपत्यका...

स्विमिङ लेभल वान कोर्स हुने

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि हुने भएको छ । दुई दिन...

अफगान युद्ध अन्त्यका लागि प्रयास जारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टेटस अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)