सिरहामा शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो

सिराहा । सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन्  । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् ।

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय तहहरुले विद्यालयमा पनि बिदा दिन थालेका छन् । जिल्लाको मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतका पालिकाले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका हुन् ।

शीतलहरका कारण सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिएको छ । उनले‘ चिसोले बालबालिकाहरुको नियमित पठनपाठनमा हुने असहजतालाई मध्यनजर गरी विद्यालय बन्द गरिएको बताए ।
दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए । 

जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्। 

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजानिक सवारीसाधनसमेत प्रभावित भएका छन् । 

चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसधानमा यात्रुहरुको संख्या अत्यन्त न्यून देखिन थालेका छन् । तराई मधेसका जिल्लाहरुमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ । 

सिरहाका गाउँघरहरुमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ । गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन् । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन् । 

न्युज कारखानाबाट

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोली चल्दा एकको मृत्यु