सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन

Rajdhani Rastriya Dainik | Online Nepali News Portal

टीकापुर । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले २८ पुसमा सभामुखको निर्वाचन हुने जानकारी दिए । सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको सभामुखका आकांक्षी कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ ।

दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्ताव अनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको सचिवालयले जनाएको छ । कार्यतालिका अनुसार ४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले २ माघमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन