शिक्षकसेवा आयोग परीक्षा टिप्स

शिक्षकसेवा आयोगको परीक्षा पछिल्ला समयमा उच्च प्रतिस्पर्धा हुने गरेको छ । लोकसेवा आयोगकै हाराहारीमा प्रतिस्र्धाको स्तर शिक्षकसेवा आयोगको पनि पुगेको आभास हुन्छ । उम्मेदवारबीच हुने कडा प्रतिस्र्धामा छनोट हुन परीक्षासम्बन्धी पूर्वतयारीमा विशेष ध्यान दिनुपर्नेहुन्छ नै । लामो समय विज्ञापनको सर्तभित्र पर्ने अस्थायी रूपमा कार्यरत शिक्षक तथा नयाँ फ्रेस परीक्षार्थी दुवै खाले उम्मेदवारले परीक्षा दिन पाउने भएकाले प्रतिस्पर्धा कडा हुने निश्चित छ । प्रतिस्पर्धामा खरो उत्रिएर सफल भई अब्बल साबित हुन आफ्नो अध्ययनलाई सार्थक बनाउन तथा परीक्षाको सामना सहज गर्न विभिन्न उपाय अबलम्बन गरिनु बुद्धिमानी हुन्छ । परीक्षाका लागि तयारीदेखि परीक्षा दिँदासम्मनका लागि सहज बनाउन केही सूत्रको अवलम्बन फलदायी हुन सक्छन् । यस प्रकारका प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नको आकर्षक र मौलिक ठोस उत्तर दिन सक्ने कौशलताले अहं भूमिका खेलेको हुन्छ ।

परीक्षामा सफलता हासिल गर्न ३सी : कन्टेन्ट, कन्टेक्ट्सर कमुनिकेसनको उचित अध्ययन, अनुसरण र समायोजन गर्नेतर्फ विशेष ध्यान दिनु फलदायी रहन्छ । परीक्षाका पाठ्यक्रममा दिएका वषयवस्तुको बहुआयमिक गहन अध्ययन हुनु जरुरी रहन्छ । विषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई प्रश्नले खोजेको वस्तुपरक जवाफ समसामयिक कन्टेक्टस् (परिवेश)लाई ध्यान दिंँदै सहज र सरल भाषामा सटिक मौलिक उत्तर प्रस्तुत गर्नु बुद्धिमानी ठहर्छ । परम्परागत प्रश्नको सोझो उत्तरभन्दा पनि इनोभेसन खालको तर्कपूर्ण मौलिक उत्तर अधिक अंक प्राप्त गर्न लायक हुन्छन् ।

परीक्षाको तयारी क्रममा विभिन्न उपाय अपनाएर घनीभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीका रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तक, विशिष्टीकरण तालिकालाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टीकरण तालिकामा प्रत्येक विषयको एकाइ, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टीकरण तालिका, नमुना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाको जानकारी शिक्षक सेवाआयोगको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ ।

सामग्री संकलन र अध्ययन विधि
आयोगबाट प्रकाशित पाठ्यक्रम, बुलेटिन र पुराना प्रश्नपत्र तथा पाठ्यक्रममा समावेश भएअनुसारका प्रत्येक एकाइ वा शीर्षक अनुसारका अध्ययन सामग्री संकलन गर्ने, अध्ययन सामग्री पहिलो स्रोतबाट संकलन गर्ने र पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित तह र परीक्षा दिने विषयअनुसारका पाठ्यपुस्तक, पाठ्यक्रम तथा शिक्षक निर्देशिका सम्बन्धित अन्य प्रकाशन संकलन गर्ने गर्नुपर्छ ।

उत्तर लेख्दा प्रश्नले मागेअनुसार सटिक, संक्षिप्त, मौलिक तथा आकर्षक बुँदागत, तालिकाका साथै ग्राफ, छोटोछोटो वाक्यमा प्रस्तुत गर्नुपर्छ

बजारमा पाइने सन्दर्भ सामग्री जम्मा गर्ने, परीक्षासँग सम्बन्धित सूचना विभिन्न पत्रपत्रिकाबाट संकलन गर्ने र संकलित सामग्रीको अध्ययन पाठ्यक्रमलाई अगाडि राखेर विषयगत एकाइगत बुँदागत रूपमा क्रमिक रूपमा सान्दर्भिक धारणा, विषय, विचारको टिपोट बनाउने बानी बसाल्नुपर्छ ।

भाषागतभन्दा पनि आवश्यक सूचना महत्व दिई अध्ययनका साथै नोट बनाउने, धेरै सूचना प्राप्त गर्नेगरी छरितो अध्ययन गर्ने, पुस्तक वा अध्ययनका क्रममा महत्वपूर्ण शव्द र वाक्यमा हाइलाइट गर्ने र कण्ठ गर्नुपर्ने सूचना र तथ्यांकको हकमा अर्थपूर्ण संक्षिप्त शव्द वा वाक्य बनाई अध्ययन गर्दा सम्झन सजिलो हुन्छ ।

महत्वपूर्ण विषयवस्तु कक्षामा पढाएको वा अन्य स्रोतबाट मोबाइल आदिमा रेकर्ड वा कपी गरेर हिँड्दा वा अन्य फुर्सदको समयमा हेर्ने सुन्ने, द्विविधा लाग्ने विषयवस्तु’bout प्राथमिकताका साथ स्पष्ट हुने, सम्भव भएसम्म विषय मिल्दो साथीसँग समूह मिलाई अध्ययन गर्ने, अध्ययन गर्दा ६सी ः कन्टेन्ट, कन्सेप्ट, कोर, कभरेज, कन्टेम्ट्स, ममेन्ट, र कमुनिकेसन बिर्सिनुहुँदैन ।

एक दिनमा के के कति घन्टा पढ्ने, अप्ठ्यारोलाई विषयलाई पहिलो प्राथमिकता क्रममा राखी सोहीअनुसार समय छुट्याउने, एक दिनमा पढ्ने विषयको सीमा निर्धारणका साथै स्टडी क्वेइसन बनाएर अध्ययन गर्ने गरेमा अन्त्यमा उपलब्धि हासिल भए नभएको यकिन गर्न सहज हुन्छ र प्रत्येक आधा घन्टामा ५-१० मिनेट जति आराम गर्नु राम्रो हुन्छ । अनिँदो हुनेगरी राति लामो समयसम्म अध्ययन गर्ने बानी राम्रो हुँदैन ।

लेखन अभ्यास
पुराना र सम्भाव्य प्रश्नहरूको तोकिएकै समयमा हल गर्ने अभ्यास निरन्तर गर्नुपर्छ । प्रश्नको हल गर्दा अंकभारअनुसार समय विभाजन गर्न बिर्सिनुहुन्न । आफूले लेखेको उत्तर आफैंले पनि हेर्ने र अग्रज वा विज्ञलाई देखाएर सुझाव लिने गर्नु राम्रो हुन्छ । प्राप्त सुझावलाई मनन गर्दै पुनः सन्तुष्ट हुनेगरी लेख्ने र उत्तर लेख्दा आकर्षक मुख्य वाक्यबाट सुरु गर्नुपर्छ ।

उत्तर लेख्दा जानेको सबैभन्दा पनि प्रश्नले मागेअनुसार सटिक, संक्षिप्त र मौलिक हुनुपर्छ । उत्तरको प्रस्तुतिमा विविधता ल्याएर आकर्षक बनाउन बुँदागत, तालिका, ग्राफ, छोटोछोटो वाक्यमा प्रस्तुत गर्नुपर्छ ।

प्रतिस्पर्धामा खरो उत्रिएर अब्बल साबित हुन आफ्नो अध्ययनलाई सार्थक बनाउँदै परीक्षाको सामना सहज गर्न विभिन्न उपाय अवलम्बन गरिनु बुद्धिमानी हुन्छ

एकबाट अर्को प्रश्न लेख्दा तीन÷चार लाइनको ठाउँ छोडेर लेख्दा आकर्षक हुन्छ, यसबाट कतिपय अवस्था पछि उत्तर थप्न पनि सहज हुन्छ । सामान्य सजिला प्रश्न सबैले हल गर्ने भएकाले कतिपय प्रश्न जटिल हुन्छन् । यस्ता निर्णायक प्रश्नको जवाफ विशेष होस पु¥याएर लेख्नुपर्छ ।

सफा, क्रमिकता, सरलता मौलिकता, विविधता आदिले उत्तरलाई विशेष आकर्षण बढाउँछ । प्रश्नको उत्तर लेख्दा ध्यान दिनुपर्ने कुरा ख्याल गर्नुपर्छ ।

बहुवैकल्पिक प्रश्नका उत्तर दिँदा
शिक्षकसेवा आयोग परीक्षाको तयारी तथा सोधिने विषयगत तथा बहुवैकल्पिक प्रश्नको उत्तर कसरी दिने भन्ने’bout केही टिप्स यहाँ प्रस्तुत गरिएको छ । पाठ्यक्रममा तोकेका विषयवस्तुको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्री जुटाउने प्रयास गर्नुपर्छ ।

 प्रिन्टेड सामग्री नपाए पनि अहिले प्रायः सबै संघसंस्थाले आआफ्नो वेबसाइटमा सूचना प्रवाह गर्ने हुनाले खोज्नुपर्छ, यसबाट पछिल्लो ताजा सूचनाको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।

 परीक्षाको आसपासमा मात्र नभएर नियमित रूपमा विषयगत कार्यतालिका बनाएर विस्तृत र गहन अध्ययन गर्ने,

 आधारभूतकुरा थाहा पाउनेगरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थसमेतको गहन अध्ययन गर्ने, परिभाषामा प्रयोग भएका शव्द’bout पनि विस्तृत जानकारी राख्ने,

 विगतमा सोधिएका प्रश्न तथा नमुना प्रश्नको पर्याप्त अध्ययन तथा हल गर्नले अभ्यस्त मात्र नबाएर आत्मबल पनि बढाउँछ ।

 कुनै शव्द वा टर्मिनोलोजी’bout यकिन नभएमा शव्दकोश वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने,

 विषयअनुसार मुख्य अवधारणालाई विभिन्न स्रोत सामग्रीबाट खोजेर पढ्नाले स्पष्ट धारणा बनाउन सकिन्छ,

 सामान्य रूपमा सम्झ्ने भन्दा पनि विस्तृत जानकारी राख्नेगरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ,

 आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुरा स्पष्ट र स्थायी हुन्छन,
 परीक्षादेखि आत्तिने हतारिनेभन्दा पनि सहज सामना गर्ने मानसिकता बनाउनुपर्छ,

 शारीरिक, मानसिक, खानपान, आहारविहार सन्तुलित र सहज हुनुपर्छ,

 डर, त्रास तथा अनिँदो बस्ने, तनाव लिनेलगायत नकारात्मक प्रबृतिबाट टाढै रहनुपर्छ,

 कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दखल र कुनमा कमजोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानी ठहर्छ,

 परीक्षा केन्द्र नौलो भए जाँचभन्दा अगाडिकै दिन एकपटक अवलोकन गर्नु राम्रो हुन्छ,

 परीक्षा हलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण हुनुपर्छ,

 उत्तरपुस्तिका, प्रवेशपत्र तथा प्रश्नपत्रमा उल्लेखित सुझाव र प्रश्न राम्रोसँग पढ्न अल्छी गर्नुहुन्न,

 प्रश्नपत्रमा लेख्नुपर्ने रोल नम्बर, नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडि नै भर्ने, सम्भव भएमा घन्टी बज्नुभन्दा अगाडि,

 प्रश्नपत्र हात परेपछि विषयगत प्रश्नले मागेको उत्तर यकिन गरेपछि आपूmलाई धेरै आउने उत्तरका आधारमा प्राथमिकीकरण गर्दै समयको पाबन्दीलाई ध्यानमा राखेर सटिक मौलिक उत्तर लेख्नुपर्छ,

 आयोगको परीक्षा प्रतिस्पर्धात्मक हुने भएकाले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ,

 बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडि हुने भएकाले सही उत्तरमा चिह्न लगाउँदा हतपत नगरी धैर्यतापूर्वक निष्कर्षमा पुग्नुपर्छ,

 बहुवैकल्पिक प्रश्नको उत्तरमा चिह्न लगाउँदा निर्देशनअनुसार अर्को उत्तर तालिकामा सही उत्तरको अक्षर,

 सम्भावित आफूलाई कन्फयुज लागेको उत्तरमा हतार गरेर एकैपटक स्थायी चिह्न नलगाउने, सानो संकेत राखेर अरू सही उत्तर’bout सोचेर यकिन गर्ने,

 माथिका सबै भन्ने उत्तर प्रायः सही हुन सक्छन्,

 माथिका कुनै पनि होइनन् भन्ने उत्तर प्रायः गलत हुन सक्छन्,
 दोहोरो नकारात्मक प्रश्नले झुक्याउने भएकाले सचेत हुने,

 लामो प्रकृतिका उत्तर प्रायः सही हुन्छन्,

 समयको व्यवस्थापन राम्रोसँग गर्ने यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछि हल गर्ने,

 प्रश्न हल गरिसकेपछि थोरै समय पुनरावलोकनका लागि पनि छुट्याउन बिर्सनु हँुदैन,

 कतिपय प्रश्नका उत्तर त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरसँग पनि मिलेको हुन सक्छन् चनाखो हुने,

 यदि आपूmलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिह्न लगाएबापत पेनाल्टीको प्रावधान नभएमा अन्दाजको भरमा पनि चिह्न लगाउने र कुनै पनि प्रश्न नछोड्ने,

 एकपटक चिह्न लगाइसकेपछि त्यही प्रश्नको उत्तरमा फेरि केरमेट गरेर अर्को चिह्न लगाउनुको कुनै अर्थ छैन्,

 परीक्षा सकेर बाहिर निस्केपछि भएका कमजोरी भविष्यमा अन्य परीक्षाको तयारीको लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानी ठहर्छ ।
(लेखक पूर्वजिल्ला शिक्षा अधिकारी हुन्)

तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापाकाे गाैरीगञ्जमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित