गण्डकीमा सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । पुस २५ गते दिउँसो ४ बजेसम्मका लागि मुख्यमन्त्री नियुक्ति गर्न उनले बिहीबार दलहरुलाई आह्वान गरेका हुन् ।

गण्डकीमा ४ मंसिरको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नपुगेपछि नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले आह्वान गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालले दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्ररुपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

संघमा कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले गठबन्धनको सरकार बन्ने भएको छ । भावी मुख्यमन्त्री एमालेका खगराज अधिकारी निश्चित प्रायः छ ।

गण्डकीका नवनिर्वाचित सांसदको पहिलो अधिवेशन १८ पुसदेखि सुरु भएको हो । उक्त दिन ३ विधेयक टेबुल भएको छ । बैठक प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको सभाध्यक्षतामा बसेको थियो । संसदको अर्को बैठक २९ पुस दिउँसो १ बजे बस्नेछ
प्रदेशका सांसद गत पुस १४ मा सपथ ग्रहण गरेका हुन् । अघिल्लो दिन ज्येष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

माओवादी बैठकमा गृहमन्त्री र राष्ट्रपतिवारे भएन छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण