श्रीस्वस्थानीभित्र लुकेका प्रसंगहरू

यस वर्षको स्वस्थानी कथा प्रसंग यही पौष २२ गतेदेखि सुरु भएको छ, । नेपालीको गरिबी अनि आप्mनै कथाव्यथाको उजागर गर्ने यो लेखको आशय छ । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शाली नदी क्षेत्र । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शाली नदी क्षेत्रले चिनिन्छ । शाली नदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो । पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दुधर्मावलम्बीका घरघरमा श्रीस्वस्थानी देवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शाली नदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानीदेवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ भनिएको छ ।

शाली नदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास छ । अघि यहीं व्रतउपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् । स्वस्थानी कथा सत्य युगको हो । यस युगमा यो देशको नाम सत्यपुर, त्रेतामा तपोपुर, द्वापरमा मुक्तिपुर हुँदै हाल कलियुगमा देशको नाम नेपाल रहेको छ ।

नेपालमा हाल पनि गरिबी र बेरोजगारी तीव्र छ । काम, धन्दाका लागि नेपालीहरू देशविदेश भौंतारिएका छन् । विदेश जाने क्रममा राहदानीको भीड थेग्न देशका गुहमन्त्री नै उपस्थित हुनुपर्ने अवस्था छ, देशैभित्र रोजगारी भएको भए यस्तो हुन्नथ्यो । वैदेशिक सहयोग र ऋणमा छ देश । युगीन इतिहास बोकेको स्वस्थानी कथामा नेपालीकोे यथार्थ चित्रण छ । पछिल्लो समय देवकोटाले मुनामदनमा गरिबीको तस्बिर देखाउँदा मदन भोटतिर लागेको प्रसंग छ भने मुनाले स्वदेशमा विरह बोकेको देखिन्छ । स्वस्थानी कथामा पनि गोमा गर्भवती हँुदा भविष्य सन्ततिको लालनपालन गर्न खर्च जोहोको संकल्प लिएर उनका पति शिव शर्मा विदेशतिर लाग्छन् ।

गरिबी न्यूनीकरणको अभियान ताजै छ हाम्र्रो, स्वस्थानी कथाका पात्रले धेरै पहिले यसको संकेत गरिसकेको देखिन्छ

उनी उतै मृत्युवरण गर्दा विरहमा परेकी गोमाका छोरा नवराजले बाबुको खोजी गर्दै मृत पाइएका बाबुको सद्गत गरी केही पैसासमेत कमाएर घर फिर्छन् । घरमा गोमाले आप्mनो निष्ठा छोड्दिनन् । नवराज पर्केपछि धर्मभीरु आमाको आशीर्वाद र हरिहरका प्रभावले साँखु भनौं लावण्य देशका राजा भई सबै परिवारले पुनर्जीवन पाए सरह हुन्छ । नवराज पत्नी चन्द्रावतीलाई माइतीबाट डोलेहरूले साँखुमा ल्याउने क्रममा रानी बनेकी उनलाई शक्तिको उन्माद चढ्दा कुरूप बन्छिन्, डोलेहरू शीला हुन्छन्, चन्द्रावती भने दुःख पाएर स्वस्थानीको उपासना गर्छिन्, पछि सुन्दर शरीर पाई पतिसँगको मिलन र राज्य सुख भोग गर्छिन् ।

शालीनदीमै विछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको प्रसंग छ । धनधान्य र आफ्नो अटल सौभाग्य प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदी क्षेत्रमा बसेर गर्ने गरेको प्रसंग यसमा रहेको छ । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ, आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्युत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीय आचरण, मर्यादा अनुकूलको विधि व्यवहार गर्न सकेमा सबैतिरको कल्याण हुन्छ नै । एक महिनासम्म भनिने स्वस्थानी कथामा नैतिक र इमानदार हुन सबैलाई प्रेरित गरिएको छ । कलियुगमा सदा यज्ञ, हवनादि कार्य सम्भव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने हो । स्वस्थानी श्रवण, विभिन्न क्षेत्रमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्वापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानव जीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्वापरयुग हो ।

कलियुग धर्म र कर्म दुवैको समय हो । यस अर्थमा सबै युग हाम्रै वरिपरि रहेको पुष्टि हुन्छ । स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मन शुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तील, बस्त्र, सुन, धान्यादि वस्तुहरूको दानले तन, मन, धन सबै पवित्र बन्छ । वैशाखमा जल र अन्न दानको महत्व बढी छ भने कात्तिकमा तप र पूजाको अधिक महत्व छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परम गति प्राप्त हुन्छ । अन्य पुण्य कर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नानबाट सदाका लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रले गर्जन गरेका छन् ।

स्वस्थानी कथामा हिमालयपुत्री सतीदेवीको गुह्य पतन भई प्रसिद्ध शक्तिपीठ गुह्येश्वरीको स्थापना भएको चर्चा छ । शिवले मृग रूप लिएर पाशुपत क्षेत्रमा विचरण गरेको प्रसंग छ । गुह्येश्वरी, पशुपति क्षेत्रलगायत काठमाडौंका धेरै भागहरू विश्व सम्पदा सूचीमा परेका छन्, संसारले चिनेको छ यो नगरी मात्रै होइन सगरमाथा र बुद्धभूमि नेपाललाई । गोकर्ण क्षेत्रमा बसेर त्रेता युगमा रावणले ठूलो तप गर्दा शिवकृपाबाट इच्छित फल पाएको चर्चा स्वस्थानीमै छ भने शिवजीले पत्नीविरहमा उनको शवलाई लिएर संसार घुम्दा शरीरका अंगहरू पतन भई ३३ करोड शक्ति पीठ तयार भएको र ५० भन्दा बढी शक्ति पीठ नेपालमै रहेको चर्चा पनि छ ।

द्वापर युगको महाभारत कालमा अर्जुन यहाँ आई शिवकृपा पाशुपत अश्त्र लगेको चर्चा छ । धरानको दन्तकालीमा सतीदेवीको दाँत पतन भएको क्षेत्रदेखि पश्चिम डोटीकी शैलेश्वरी, बैतडीकी त्रिपुरासुन्दरी, डँडेल्धुराकी उग्रतारा, सुर्खेतकी देउती बज्यै, बाग्लुङकी कालिका, पोखराकी विन्ध्यबासिनी, भद्रकाली, तालबाराही, तनहुँकी छिम्केश्वरी, सप्तरीकी छिन्नमस्ता, बाँकेकी वागेश्वरी, परासीकी दाउन्ने देवी, गोर्खाकी गोरखकाली, मनकामना देवी दोलखाकी कालिञ्चोेक, ताप्लेजुङकी पाथीभारादेखि असंख्य शक्तिपीठ नेपालका दैवी सम्पदाहरू हुन् र त देशलाई देव भूमि, तपोभूमि, यज्ञभूमि, देवताको क्रीडास्थल देवघाट दैवी भूमि नै भनिन्छ ।

देशको हिमाली क्षेत्रमा अहिले पनि भेडापालन, ऊनको उत्पादन, घरेलु, कुटीर, लघु, साना, मभ्mयौला उद्यम व्यवसायको सम्भावना धेरै छ । स्वस्थानी कथामा वृद्ध गोमाले ढिकी, जाँतो, कृषि, घरेलु काम गर्दै आप्mनो र परिवारको भरणपोषण गरेको चर्चा छ । समकालमा असमान उमेर भनौं बालविवाह प्रथाको चर्चा यसमा छ भने सतीप्रथा त चन्द्र शमशेरका पालासम्म भएको इतिहास छ हाम्रो । सुरुमा दुःख पाएका स्वस्थानी कथाका पात्रले जीवनको उत्तराद्र्धमा सुख पाएको जीवन्त कहानी छ, यस कथामा । दुःखमा पनि कथाका पात्रले होस गुमाएका छैनन्, धैर्य र धर्म अनि साहसका साथ जीवन जिएका छन्् । यो नेपालीशैली पूर्वीय परम्पराको ज्वलन्त उदाहरण हो ।

स्कन्दपुराण, केदारखण्डका अनुसार हिन्दुधर्मावलम्बीका घरघरमा श्रीस्वस्थानी देवीको व्रतउपासना गर्ने, स्वस्थानीकथा भन्ने र सुन्ने चलन छ

अतिथि सत्कार गर्ने नेपाली परम्परालाई कायम राख्न सप्तर्षिहरू जस्ता विशिष्ट पाहुना कुटीमा आउँदा ऊनका डल्ला बजारमा बिक्री गरेर पाहुनाको स्वागत गर्न प्रयास भएको चर्चा छ यस कथामा । आजसम्म नेपालीहरू विदेशीहरूलाई पनि अतिथि मान्दै कहिले भ्रमण वर्ष भन्दै कहिले पर्यटन, पर्वतारोेहण, ट्रेकिङ भन्दै संसारका पाहुनालाई स्वागत गर्दै छौं । गरिबी न्यूनीकरणको अभियान ताजै छ हाम्र्रो, स्वस्थानी कथाका पात्रले धेरै पहिले यसको संकेत गरिसकेको देखिन्छ ।

स्वस्थानीको उपासनाको मूल उद्देश्य सबैले आ–आफ्ना स्थानमा बसेर आ–आफ्नो कर्तव्य गर्नुपर्ने भन्ने हो । कर्तव्यच्यूत हुँदा कष्ट हुने कुरा स्वस्थानी कथाका पात्रबाटै जानकारी हुन्छ । प्राचीन नेपाली सहर साँखु शालीनदीको मूल प्रवेशद्वार हो । अघि शंखदेव राजाले राज्य गरेका, शंखपुरपछि शंखरापुर भएको र पछि अपभ्रंश हुँदै जाँदा साँखु भएको हो भनी इतिहासविद्ले बताएका छन् । प्राचीन इतिहास बोकेको यो सहर ७२ को भूकम्पले उजाड भयो, अहिले बिस्तारै उठ्दै छ । राजधानी काठमाडौं वरिपरि ४ गणेश र ४ नारायण अनि बूढानीलकण्ठ छन् । बीचमा पशुपति, बौद्धक्षेत्र, स्वयम्भूलगायत अनेकानेक पीठहरू छन् ।

दक्षिणतिरकी फर्पिङकी दक्षिणकाली र उत्तर साँखु सहर शिरभागमा बज्रयोगिनीको मन्दिर छ । यहाँ नवरात्री, विशेष पर्व, बारमा पूजा आराधना गर्नेहरूको भीडभाडै देखिन्छ । चैत्रशुक्ल पूर्णिमाका दिन त विशेष पूजा नै गर्ने गरिन्छ । त्यहाँ नजिकै रहेको मणिचुडेश्वर शिवलिंग’bout छुट्टै चर्चा छ । स्कन्दपुराण, हिमवत्खण्ड नेपाल माहात्म्य अध्याय ११९ अनुसार प्राचीन कालमा चोरी सिकार गर्ने एउटा पापीले एउटा घरबाट सुन चोरेछ । सुन चोरेको कारण अर्काे जन्ममा ऊ रोगी भएर जन्मेछ ।

आफ्नो रोग निवारण गर्ने क्रममा सारा पृथ्वी तलमा घुम्दै आउँदा यही मडिचुडेश्वर शिवलिङ नजिकै आइपुगेछ र बज्रयोगिनी मन्दिर परिसरको मणिचूड पर्वतमा रहेको पोखरीमा पौडी खेल्न लागेछ । पौडीको अभ्यास नभएकाले डुबेर मरेछ । अकाल मृत्यु भए पनि मणिचुडेश्वर पर्वतमा मृत्यु हुन गएकाले उसले फेरि मत्र्यलोकमा जन्मनु परेनछ । उसले शिवकृपाबाट मुक्ति पाएछ ।

यसरी मणिचूडपर्वत एक प्रसिद्वधाम बन्न पुगेछ । शिवपुरीक्षेत्रले स्पर्श गरेको मणिचूड पर्वत क्षेत्रमा प्रवेश गर्ने जोकोही मानिसहरू पनि साधन सम्पन्न हुन सक्छन् । इह–लौकिक सुखको साथै पारलौकिक आनन्द पनि प्राप्त गर्न सक्छन् भन्ने भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन्