वाम एकताका कुरा

फेरि सुरु भएको छ वाम एकताका कुरा । कुरा पत्याउनेजस्तो पनि छ र नपत्याउनेजस्तो पनि ! तर एकता पहलका लागि कार्यदल बन्ने र बनाउने प्रक्रिया सुरु भइसकेको छ । सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीले पार्टी एकताका लागि आआफ्ना कार्यदल निर्माण गरिसकेका छन् । उता, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि वाम एकताका लागि पहल अघि सारेको छ । यसरी अचानक एकताको परिवेश निर्माण हुनुमा प्रचण्डको नेतृत्वमा वाम बाहुल्य सरकार निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको पहलकदमीले काम गरेको छ । बहुमतको वाम सरकार ढलेपछि देशभरका जनतामा वाम शक्तिप्रति वितृष्णा र नैराश्यता छाएको थियो । यसको फाइदा प्रजातान्त्रिक शक्ति मानिने नेपाली काँग्रेसले उठाउन पुग्यो । परिणामतः आवधिक निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्न पुग्यो, नेपाली काँग्रेस ! देशमा वाम शक्तिको उपस्थिति दह्रो रहे पनि नेपाली काँग्रेसको माहोल बन्यो । तर, यसलाई यू टर्न दिएका थिए, केपी शर्मा ओलीले ।

अहिले गठबन्धनको सरकार कसरी सञ्चालन गर्ने भनेर सिंगो जिम्मेवारी पनि उनीमाथि आइपुगेको छ । बालुवाटारमा गठबन्धन दलहरूले सुझाव बुझाएपछि केपी शर्मा ओलीको कार्यभार सार्वजनिक रूपमा स्पष्ट हुन आएको छ । सायद यो कार्यभार गठबन्धनसम्म मात्र सीमित हुने देखिँदैन । वाम एकताका लागि पनि अभिभावकीय भूमिका उनैले निर्वाह गर्नुपर्नेछ । माओवादी केन्द्रबाट सो संकेत आएपछि एमाले नेता प्रदीप ज्ञवालीले हतारमा भन्दा पनि बुझेर वाम एकताका लागि सार्थक पहल गरिने बताइसकेका छन् । यसले नेपालमा एकपटक फेरि वाम एकताका लागि सार्थक पहल हुने र एकता सफल हुने पो हो कि भन्ने आसा जगाएको छ । आमजनतामाझमा जुन आसाको सञ्चार हुन गएको छ, त्यो आसाको सञ्चार कम्युनिस्ट पार्टीका शीर्ष तहका नेतामा भने भइसकेको देखिँदैन । पार्टीको शीर्ष तह भनेको परिपक्वताको तह पनि हो । यो भनेको नीति, विचार र कार्यक्रमको निर्माण गरिने तह पनि हो । आफैंमा नेतृत्व र अभिभावकीय तह पनि हो । विगतका हण्डर ठक्करले पनि शीर्ष नेतालाई यसरी सोच्ने तहमा पु-याएको छ ।

सत्ता गठबन्धन सत्ताका लागि हो । यो मूलतः सरकार बनाउनका लागि निर्माण गरिन्छ । साथै सत्ता निर्माणमा होस् वा बाहिर, वाम गठबन्धन भनेको विचार सामीप्यताका हिसाबमा वामपन्थी शक्तिहरूलाई एउटा साझा मोर्चाभित्र लिएर अगाडि बढ्न हो । तर, वाम एकता भनेको पार्टीसँग सम्बन्धित कुरा हो । यो विचार, कार्यदिशा र कार्यक्रमसँग एकाकार हुने कुरा हो । शब्दावलीका हिसाबले वाम एकता वा वाम पार्टी एकतालाई विचार गर्दा यो एकता कम्युनिस्ट पार्टी निर्माणभन्दा केही खुकुलो तर प्रजातान्त्रिक शक्तिहरूभन्दा बढी समानताका कुरा गर्ने भन्ने देखिन आउँछ । नेपालको वर्तमान राजनीतिक परिवेशमा यो सम्भव देखिए पनि विगतका सोच र अभ्यासले विचार पु¥याएर मात्र परिपक्व कर्म गर्नुपर्ने गम्भीर पाठ सिकाएको छ । यसको गम्भीर मननले नै वाम एकतालाई सार्थकतामा पु¥याउन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्