कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने ? भन्ने’bout प्रशिक्षण दिएको छ ।

कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिएको हो ।

कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा पहिलो बैठक भोलि सोमबार बस्दै छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दल बैठकले प्रतिनिधिसभा पहिलो बैठकमा सहभागी हुन आफ्नो तयारी गर्न सांसदहरूलाई निर्देशन दिएको बताए । संसद्मा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र तयारी’bout पनि सांसदहरूलाई जानकारी गराइएको छ ।

बैठकले पार्टी सांसदलाई प्रतिनिधिसभा पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको छ । पहिलो बैठकमा केके हुन्छन् र सांसदले के गर्ने ? भन्ने’bout पनि जानकारी गराएको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए ।

आगामी २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने हुँदा सांसदहरू सो बैठकमा समेत कसरी सहभागी हुने र केके गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिइएको प्रमुख सचेतक लेखकले जानकारी दिए । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘विश्वासको मत दिने कि नदिने ?’ भन्ने’bout भने सोही दिन दल बैठक बसेर निर्णय लिने भएको छ ।

कांग्रेसले मत दिँदैन : थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले आङ्खनो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा शनिबार बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दि“दै महामन्त्री थापाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।

सो विषयमा पार्टीको आधिकारिक धारणा भने २६ पुसमा बस्ने संसदीय दलको बैठकबाट आउनेसमेत उनले जानकारी दिए । ‘हामी प्रतिपक्षमा बस्छौं, प्रतिपक्षमा बसेरै आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो, कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ भन्ने स्पष्ट छ,’ थापाले बैठकपछि सञ्चारकर्मीस“ग भने, ‘संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौं, बैठकबाट आधिकारिक निर्णय गर्नेछौं ।’

गत १० पुसमा प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थानुसार प्रधानमन्त्रीले नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्छ । संविधानको धारा ७६(४) मा ७६(२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था उल्लेख छ ।

प्रचण्डलाई प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंह गरी १ सय ६९ सांसदको समर्थन छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन पाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
यस्तो आयो काठमाडौंको ताजा परिणाम