म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश

लन्डन । चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेजले दुई गोल गरेका हुन् । यसै गरी जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल थपेका थिए । फराकिलो हारपछि चेल्सी र प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव बढेको छ ।

पछिल्लो सयम चेल्सीले लगातार खराब प्रदर्शन गरिरहेको छ । विजयी टोली म्यान्चेस्टर सिटीले भने अब चौथो चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेड मध्ये एक टोलीको सामना गर्ने भएकाे छ । एफए कपकै अन्य खेलहरुमा नरिच सिटीलाई १–० ले पराजित गर्दै ब्ल्याकबर्न तथा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै स्टिभिनेज पनि चौथो चरणमा उक्लिएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि